• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

अनुगमनका क्रममा हानिकारक चम्पाइरङ प्रयोग भएको मासु जफत

  •   बुधबार, असोज १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित माछा बजार क्षेत्र (पुरानो बसपार्क) का केही मासु पसलबाट मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने र कानूनले खान अयोग्य भनिएका रङ प्रयोग गरिएको मासु जफत गरिएको छ । आज भएको संयुक्त बजार अनुगमनका क्रममा खसीको मासुको छालामा चम्पाइरङ दलेको पाइएपछि दुई वटा पसलबाट २७ केजी मासु बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका प्रतिनिधि प्रमोद बुढाथोकीले जानकारी दिनुभयो ।

    उहाँले बरामद गरिएको मासु प्रयोगशाला परीक्षणका लागि गुण नियन्त्रण कार्यालयमा लगिएको समेत बताउनुभयो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा सञ्जीवकुमार ठाकुरले मासु राम्रो देखाउने नाममा कानूनले खान अयोग्य भनेका रङहरू छालामा दल्नु गैरकानूनी भएकाले माछा बजार क्षेत्रबाट २७ किलो मासु जफत गरिएको जानकारी दिनुभयो । “कानूनले भनेका अन्य मापदण्ड पालना नगर्ने समस्या त छँदैछ । मासु राम्रो देखाउने नाममा स्वास्थ्यको दृष्टिकोणले हानिकारक रङसमेत प्रयोग गरेको पाइयो ।

    यस्तो रङ दलिएको मासु खानाले मिर्गौला, फोक्सोमा असर गर्नुका साथै मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रोगहरूको सङ्क्रमण हुन्छ । त्यसैकारण हामीले सो मासु जफत गरेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएका छौँ”, डा ठाकुरले भन्नुभयो । जनकपुरधाम उपमहानगरपालिकाका वडा नंं २, ४ र १४ मा रहेका १४ वटा मासु पसलको अनुगमनका क्रममा पाँच वटा पसल दर्ता नभएकाले सञ्चालकलाई सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न, सबैजसो पसललाई फोहर व्यवस्थापनसहित मापदण्ड पूरा गर्न, मूल्यसूची राख्नेलगायत कैफियत देखिएका विषयको व्यवस्थापन गर्न समय तोकेरै निर्देशन दिइएको पशु चिकित्सक ललितकुमार लालले बताउनुभयो ।

    उहाँले सरसफाइमा तत्काल सुधार गर्नका लागि व्यवसायीहरूलाई निर्देशन दिनुका साथै अर्को पटक अनुगमनका बेला सरसफाइ नभए र अन्य निर्देशन पालना नगरेको पाइएमा कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको बताउनुभयो । त्यसैगरी अनुगमन टोलीले जनकपुरधाम–१४ स्थित माँ जानकी डेरीबाट दूध, दही, खुवा र घ्यू प्रयोगशाला परीक्षणका लागि नमूना सङ्कलन गरेर पठाइएको र डेरीलाई पनि ऐन नियममा भएको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका नायब सुब्बा नरेश यादवले जानकारी दिनुभयो ।

    जनकपुरधाममा माछा, मासु बजारको व्यवस्थापन र अनुगमन नहुँदा आम उपभोक्ताले स्वास्थ्यका लागि जोखिमपूर्ण तथा गुणस्तरहीन मासु खानुपरेको गुनासो भइरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विजय खनालले पशु वधशालाको अभाव देखाएर मासु व्यवसायीहरूले एकै ठाउँमा मासु काट्ने र बेच्ने काम गर्नुका साथै प्रयोग हुने हातहतियार, पानी, अचानो, पसलको सरसफाइमा ध्यान नदिने गरेको बताउनुभयो ।

    “यहाँको मासु बजारमा मुख्य गरी सरसफाइ र मासुको छालामा रङ दल्ने समस्या देखिन्छ । बेसार दल्नुलाई सामान्य मानिए पनि हानिकारक चम्पाइरङ दल्ने काम गरिरहनुभएको छ”, खनालले रासससँग भन्नुभयो, “उपभोक्ताले मन पराउँछन् भनेर चम्पाइरङलगायतका रसायन दल्ने, सीसा र जालीभित्र मासु नराख्ने, उपभोक्ताले किन्दैनन् भनेर फ्रिजको प्रयोग नगर्ने समस्या छ । यसमा व्यवसायी र उपभोक्ता दुवै सचेत हुन जरुरी छ ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.