• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत

  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    वीरगन्ज।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताउनुभएको छ । वीरगन्जस्थित नारायणी अस्पतालले एक सय ३१औँ वर्षको अवसरमा आयोजित समारोहमा उहाँले उपचार गराएर सबै सम्पत्ति स्वाहा हुने तर निको नभएर आत्महत्या गरी मर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिपरेको बताउनुभयो । स्वास्थ्य सेवामा सबैको सहज पहुँचका लागि अस्पतालहरूको स्तरोन्नतिसँगै चाहिने जनशक्ति र उपकरण व्यवस्थापन गर्न सरकार जुटेको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने कार्यलाई प्राथमिकता दिएको जिकिर गर्नुभयो ।

    चिकित्सक र स्वास्थ्यकर्मीलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न र अराजक गतिविधि रोक्न सरकार अब कडारूपमा प्रस्तुत हुने बताउनुभयो । “मुलुकको विभिन्न भागमा भएको चिकित्सकमाथिको दुव्र्यवहार र आक्रमणप्रति सरकार गम्भीर छ”, मन्त्री बस्नेतले भन्नुभयो, “चिकित्सकमाथि दुव्र्यवहार गर्ने र आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइसकिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।”

    सरकार र आन्दोलनरत चिकित्सकबीचको वार्ता निष्कर्ष नजिक पुगिसकेकाले छिट्टै समस्या समाधान हुने दाबी गर्दै चिकित्सकलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार तयार रहेकाले आन्दोलन रोकेर काममा फर्किन चिकित्सकसँग उहाँले आग्रह गर्नुभयो । वीरगन्जस्थित नारायणी अस्पतालमा छिट्टै मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिँदै मन्त्री बस्नेतले त्यसका लागि सबै पक्षको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।

    उहाँले ऐतिहासिक र राष्ट्रिय प्रतिष्ठासँग समेत जोडिएको नारायणी अस्पतालमा देखिएको जनशक्ति र उपकरणको समस्या छिट्टै समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले भविष्यमा नारायणी अस्पताललाई शिक्षण अस्पतालको रूपमा समेत विकास गर्न सकिने गरी काम अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । नारायणी अस्पतालको नयाँ भवन निर्माणका क्रममा परेको मुद्दालाई छिट्टोभन्दा छिटो अदालतले टुङ्गो लगाएर तत्काल निर्माणकार्य अघि बढाइने उहाँको भनाइ थियो । कार्यक्रममा मधेस प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले मधेस प्रदेशलाई स्वस्थ्य प्रदेश बनाउने गरी प्रदेश सरकारले आवश्यक कार्य अघि बढाएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    मधेस प्रदेशका सातवटा अस्पताललाई एक सय शय्याको अस्पतालमा स्तरोन्नति गरिएको बताउँदै उहाँले अस्पताल नभएका प्रदेशका चार स्थानमा ५० शय्याको प्रादेशिक अस्पताल निर्माण गरिएको जानकारी दिनुभयो । जनकपुरधामस्थित अस्पताललाई विशिष्ट श्रेणीको अस्पतालका रूपमा विकास गर्ने गरी भौतिक पूर्वाधारसँगै जनशिक्त र उपकरणको प्रबन्ध मिलाउने कार्य भइरहेको जानकारी मन्त्री सिंहले वीरगन्जस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई १० शय्याको अस्पतालका रूपमा विकास गर्ने गरी कार्य अघि बढाएको बताउनुभयो । वीरगन्ज महानगरपालिकाले वीरगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि तत्काल कार्य अघि बढाउन सङ्घीय सरकारसँग आग्रह गर्दै उहाँले त्यसका लागि महानगरपालिकाले भवन निर्माण गरिदने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    वीरगन्जले ४७ प्रतिशत राजस्व तिर्दै आए पनि त्यो अनुसारको विकासका लागि वीरगन्जलाई बजेट उपलब्ध नगराएको प्रति दुःख व्यक्त मन्त्री सिंहले वीरगन्जको स्वास्थ्य, सडक, खानेपानीलगायतका क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले काठमाडौँको वीर अस्पतालसँगै वीरगन्जको नारायणी अस्पताल निर्माण भए पनि सरकारी उदासिनताका कारण नारायणी अस्पतालले जनशक्ति र उपकरण अभावसँगै सरसफाइको समस्या भोग्दै आएको उल्लेख गर्दै तत्काल नारायणी अस्पतालमा दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो ।

    प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाले नारायणी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न माग गर्दै अस्पतालको सेवामा सुधार ल्याउन आफ्नो संसदीय कोषबाट बजेट उपलबध गराउने घोषणा गर्नुभयो । सो अवसरमा प्रतिनिधिसभा सदस्य प्रभु हजार पासवानले नारायणी अस्पतालको अपलत्र परेको पाँच सय शय्याको अस्पताल भवन निर्माणको काममा देखिएका बाधालाई फकाएर तत्काल निर्माणकार्य अघि बढाउन आग्रह गर्नुभयो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले हाल तीन सय ५० शय्याको अस्पतालसँगै आइसीयू, डाइलायसिसलगायत सेवा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

    नेपालका विभिन्न ठाउँसहित छिमेकी मुलुक भारतबाट समेत आउने दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीलाई ओपिडी सेवामार्फत उपचार सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै प्रमुख मेसु डा साहले भौतिक संरचनाको अभाव र दरबन्दीअनुसारको जनशक्ति नहुँदा उपचार गर्न समस्या भइरहेको बताउनुभयो । सो अवसरमा मधेस प्रदेशसभा सदस्य जनार्दनसिंह क्षेत्री, राजकुमार गुप्ता, नारायणी अस्पताल विकास समितिका सदस्य किरण शर्माले नारायणी अस्पतालमा देखिएको जनशक्ति र उपकरणको समस्या तत्काल समाधान गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा मन्त्री बस्नेतले नारायणी अस्पतालको भौतिक पूर्वाधार निर्माणमा योगदान गरेवापत वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, सहरी विकास तथा भवन कार्यालय वीरगन्जका प्रमुख मदन राय, सिद्धार्थ बैंक लिमिटेड वीरगन्ज र राउण्ड टेबल वीरगन्जलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । यस्तै स्वास्थ्यको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै वरिष्ठ चिकित्सक डा रामअवतार खेतान, डा गोपालप्रसाद गजुरेल र राधाकृष्ण ज्ञवालीलाई समेत मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.