• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सुन्दरता गुमाउँदै पोखरा

  •   सोमबार, असोज १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । पोखरा पर्यटकीय सहर । पोखरा भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल तालको सुन्दर दृश्य आउँछ । यद्यपि बढ्दो सहरीकरण अव्यवस्थित संरचना र फोहोरको उचित व्यवस्थापनको अभावमा पोखराको सुन्दरता जोगाउन चुनौती बन्दै गएको छ । सेप्टेम्बर २७ विश्व पर्यटन दिवसका अवसरमा पोखरामा विभिन्न कार्यक्रम भए ।

    नारा थियो ‘पर्यटनमा हरित लगानी’ अर्थात् (टुरिज्म एन्ड ग्रिन इन्भेष्टमेन्ट) । पर्यटन सम्बद्ध सङ्घसंस्थाले केही औपचारिक कार्यक्रम गरे तर पोखराको सुन्दरतामा बढ्दै गएको प्रदूषण र योसँग जोडिएका वातावरणका विषयमा भने ठोस कार्यक्रम हुन सकेनन् । फेवाताल किनारमा कार्यक्रम भइरहँदा फेवाताललाई कसरी प्रदूषण मुक्त बनाउने, आउने पर्यटकले स्वच्छ हावामा डुल्नका लागि खुला ठाउँहरुको व्यवस्थापन कसरी गर्ने भन्ने सवाल पनि उठ्न जरुरी थियो । सधैँ जसो नेता र पर्यटन व्यवसायीका बनावटी सवालहरुमा कार्यक्रम सकियो ।

    वातावरणविद्हरुले पोखराले सुन्दर, सफा र स्वच्छ सहर भनेर बनाएको पहिचान नै बिस्तारै गुम्दै गएको प्रति चिन्ता व्यक्त गर्न थालेका छन् । पोखराको सुन्दरता बेचेर बाँचेकाहरुले भने यसलाई कसरी जोगाउने भन्नेतर्फ ध्यान दिन नसकेको वातावरण एवम जलाधारविज्ञ राजन सुवेदी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पोखरा आफैँमा सुन्दर सहर हो, तर बढ्दो प्रदूषणबाट नजोगाउने हो भने पोखराले आफ्नो विशेषता गुमाउने छ, कुनै पनि कुरालाई थप समस्या हुनुअगाडि नै ध्यान दिन सकियो भने थप समस्या झेल्न पर्दैन ।” उहाँले पोखरामा अहिले दीर्घकालीन फोहोर व्यवस्थापन, पुराना गाडीबाट निस्कने कालो मुस्लो धुवाँ, प्लास्टिकजन्य फोहोर, अव्यवस्थित संरचना चुनौती बन्दै गएको बताउनुभयो ।

    “पोखरा एकदम पानी पर्ने ठाउँ हो, पानी पर्ने चक्रमा तलमाथि पर्दा त्यसको असर पोखरामा देखिहाल्छ, वातावरणका हिसाबले उपयुक्त मानिने पोखरामा पानी पर्ने विशेषता भनेको यहाँ थुप्रै तालतलैया छन्, यो सहरका लागि निकै राम्रो हो, तर प्रकृतिले दिएका कति कुराको व्यवस्थापन गर्न नजान्दा, व्यवस्थित विकास मोडल अवलम्बन गर्न नसक्दा समस्या देखिएका छन्”, उहाँले भन्नुभयो । उहाँले समस्याको पहिचान गरेर समयमै व्यवस्थापन गर्न स्थानीय सरकारले नीतिगत रुपमै पहल थाल्न आवश्यक रहेको बताउनुभयो । “फेवाताल पुरियो, अतिक्रमणमा भयो भन्नेमा मात्रै चासो बढ्यो, तर फेवाताल प्रदूषित भएकोतर्फ ध्यान दिइएको छैन, आज ताल हेरेर रमाउने हामी कुनै दिन ताल हेरेर नाक थुन्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन”, सुवेदीले भन्नुभयो ।

    पोखरालाई सुन्दर सहरका रुपमा स्थापित गर्दै स्वच्छ, सुन्दर, हराभरा सहर बनाएर आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्ने पोखरा बृहत् सफाइ महाअभियानका परिकल्पनाकार एवम् नागरिक अगुवा रामबहादुर पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रा सन्ततिलाई प्रकृतिले दिएको सुन्दर सफा पोखरा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, तर पोखराको सुन्दरता जोगाउने सरोकारवालाले ध्यान दिन सकेनन् यो चिन्ताको विषय हो ।”

    उहाँले सुन्दर पोखरा सबैलाई चाहिएको तर सुन्दर र सफा पोखरा बनाउनुपर्छ भन्ने चेतनाको अभाव र व्यावसायिक मानसिकताका कारण पोखराले आफ्नो सुन्दरता गुमाउँदै गएको बताउनुभयो । उहाँले बढ्दो प्रदूषण, तालतलैया र सिमसारमाथिको अतिक्रमण, यत्रतत्र छरिएका अव्यवस्थित तारका साथै अव्यवस्थित संरचनाले पोखरालाई कुरुप बनाउँदै लगेको उहाँको भनाइ छ । नीति निर्माणको अभाव र भएका नीति नियमको पनि कार्यान्वयन नहुँदा समस्या बढ्दै गएको उहाँको बुझाइ छ ।

    अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै समस्याका रुपमा रहेको फोहोर व्यवस्थापन अहिले महानगरको प्रमुख चुनौती बनेको छ । फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि पोखरा महानगरपालिका–३३ झाक्रिी खोलामा ९३ रोपनी जग्गाको मुआब्जा दिने गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेको महानगरले जनाएको छ । यसका लागि आशयपत्र प्रकाशित भइसकेको प्रस्ताव माग भए पनि स्थानीयवासीले उठाएका माग सम्बोधन हुन नसक्दा केही कठिनाइ देखिएको महानगरको वातावरण शाखाका अधिकृत निर्मलमानसिं भण्डारी बताउनुहुन्छ ।

    “पोखरालाई सुन्दर, सफा र स्वच्छ बनाउने नीतिगत रुपमै योजनाहरु छन्, ‘ग्रिन सिटी, क्लिन सिटी’को अवधारणाअनुरुप दुई लाख बिरुवा रोप्ने, पोखराको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने, पुराना गाडीलाई प्रतिस्थापन गर्दै विद्युतीय गाडीलाई प्रोत्साहित गर्ने, व्यवस्थित अटो भिलेज, औद्योगिक क्षेत्रको व्यवस्थापन, अव्यवस्थित तारहरुलाई ‘अन्डरग्राउन्ड’ गर्ने, सार्वजनिक शौचालय बनाउने लगायतका कार्यक्रम छन् ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.