• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सुकेटार– काफ्लेपाटी सडकखण्ड : कालोपत्र गर्ने काम अलपत्र

  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्का लागेको दुई वर्षसम्म पनि कामको प्रगति भने निराशाजन रहेको छ । पाथीभरा जाने बाटोको गुप्ते क्षेत्रमा निर्माण कम्पनीका आवश्यक उपकरण खिया लागरे बेवारिसेजस्तै बनेको देख्न सकिन्छ । पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीको सास्ती उस्तै छ । कालोपत्र हुने सडको स्तरोन्नति खासै भएको देखिँदैन । ठेक्का सम्झौता समयावधि सकिन अब आठ महिना मात्र छ, तर अहिलेसम्म प्रगति भने ११ प्रतिशतमात्र भएको जनाइएको छ । दुई वर्ष छ महिनामा सक्ने गरी काठमाडौँको कन्टेक प्रालिले कालोपत्रको ठेक्का लिएको थियो ।

    सो कम्पनीसँग विसं २०७८ पुस ११ गते सुकेटारबाट काफ्लेपाटीसम्मको १० किलोमिटर कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो । रु ९५ करोडको ठेक्का खुलेकामा कन्टेकले रु ४१ करोड ७६ लाख ४७ हजार अर्थात् ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो । विसं २०८१ को जेठ मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सोअनुसार हालसम्म करिब ७० प्रतिशत काम सकिसक्नुपर्नेमा ११ प्रतिशत पनि नभएको ताप्लेजुङ उत्तर–दक्षिण ओलाङचुङगोला सडकका सबइन्जिनीयर यहोसु लिम्बूले बताउनुभयो । कामका लागि जति ताकेता गरे पनि ठेकेदार कम्पनीले अटेर गरेर काममा ध्यान नदिएको उहाँले बताउनुभयो ।

    सडकको काम समयमै सकिने सम्भावना ज्यादै न्यून रहेको उहाँको भनाइ छ । सडक कालोपत्रका लागि आवश्यक कच्चा पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको समस्या भएकाले कामले गति लिन नसकेको निर्माण कम्पनी कन्टेकका इन्जिनीयर मदन कत्यादले बताउनुभयो । उहाँले भन्नुयो, “बालुवा यहाँ नजिकै पाइँदैन, काबेलीबाट ल्याउनुपर्छ । दिनमा टिपरले दुःखले दुईपटक मात्र ल्याइपुर्याउँछ । ढुङ्गा पनि यस क्षेत्रमा नपाइने भएकाले अपेक्षा गरेजस्तो काम हुनसकेको छैन ।”

    ठेकोदारले काम नगर्दा पाथीभरा जाने सडक कालोपत्र नहुने स्थितिमा पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । पाथीभरा जाने सडकका विषयमा गत १४ गते आइतबार सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सांसद योगेश भट्टराई, निर्माण व्यवसायी गणेश मैनालीसहित सम्बधित विभागका प्रमुखको उपस्थितिमा निर्माण कम्पनीले तत्काल यातायाता सहज बनाउन काम सुरु गर्ने समहति भएको सडक विभागले जनाएको छ । सात दिनसम्ममा पनि काम सुरु नगरे योजना कार्यालयले विभागीय प्रक्रियाबाट सो कार्य गर्दा लागेको खर्च निर्माण कम्पनीको धरौटी बिल कट्टा गर्ने सहमति भएको सडक विभागले जनाएको छ ।

    सडक निर्माणको प्रगति न्यून भएकाले निर्माण कम्पनीले ठेक्का सम्झौता मितिसम्ममा के–कसरी निर्माण सम्पन्न गर्न सकिन्छ सोको कार्यतालिकासहित सात दिनभित्र सडक विभागमा प्रतिवेदन बुझाउनुपर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । तीन महिनाभित्र उल्लेख्य कामको प्रगति नभएमा नियमानुसार कारबाही प्रक्रिया अघि बढाउने विभागले जनाएको छ । सदरमुकाम फुङ्लिङबाट सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र भएको छ । पाथीभरा जाने सडक कालोपत्र भएपछि पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिले अपेक्षा लिएको थियो । अहिले वार्षिक तीन लाख हाराहारीमा तीर्थयात्रीले पाथीभरामा दर्शन तथा पूजापाठ गरेका छन् ।

    सुकेटारबाट काफ्लेपाटीसम्म सडक कालोपत्र भएमा करिब ३५ प्रतिशत तीर्थयात्री बढ्ने समितिले अपेक्षा राखेको थियो । हाल कच्ची सडक भएका कारण सुकेटारदेखि सवारीसाधन नजाने हुँदा तीर्थयात्रीको यात्रा सकसपूर्ण रहँदै आएको छ । तीर्थयात्री आफैँले लिएर आएको साना गाडी कच्ची सडकमा नजाने हुँदा सुकेटारबाट स्थानीय गाडीमा जानुपर्ने अवस्था रहेकाले तीर्थयात्रीले निकै सास्ती खेप्दै आएका छन् । पाथीभारा क्षेत्रको सडक कालोपत्र भए जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने र यसले समग्र जिल्लाको आम्दानीसमेत बढ्ने होटल व्यवसायीको अपेक्षा थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.