पोखरा । २० घण्टाको नवजात शिशुलाई कोरोना भाइरसको संक्रमण भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नं ४ का २० घण्टाका नवजात शिशुमा संक्रमण पुष्टि भएको हो ।नवजात शिशुलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको NICU मा भर्ना गरिएको छ । थप अन्य दुई जनामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । अन्य दुई जनालाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ । यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ६६ पुगेको छ ।








