• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पुस्तक समीक्षा : सङ्घर्षले खारिएका थपलियाका ‘जीवन उपयोगी विचारहरु

  •   शनिबार, असोज २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । मान्छेका सुख, दुःख, माया, घृणा सबै व्यवहारको कसीमा जाँचिएका हुन्छन् । बौद्धिकरुपमा सक्षम र वैचारिकरुपमा सशक्त हुने तर व्यवहारमा राम्रो नहुने मानिसले समाजलाई केही दिन सक्दैनन् । मानव मस्तिष्कमा परिस्थिति, समय, अवस्था, घटना, व्यवहारले कालजयी भनाइ प्रकट हुन्छन् । यस्तै–यस्तै विचार र भावनाले वरिष्ठ पत्रकार एवं लेखक गोपालप्रसाद थपलियाका मनभित्र भावना उकुसमुकुस हुने गर्दछन् ।

    विचार र भावनाका तिनै उच्छवासलाई समेटेर उहाँले हालै ‘जीवन उपयोगी’ पुस्तक प्रकाशनमा ल्याउनुभएको छ । “व्यवहारतः परीक्षण भएर बनेका भनाइ, नीति, सिद्धान्त र विचार बन्दछन् । मानव हितमा नभएका भनाइ जति राम्रा भए पनि ती काम लाग्दैनन्” भन्ने विचार राख्नुहुने वरिष्ठ पत्रकार थपलिया पछिल्लो समय साहित्यका विविध विधामा लेखन र प्रकाशनमा व्यस्त हुनुहुन्छ । राजनीतिज्ञका साथै प्रेस स्वतन्त्र सेनानी र नेपाली पत्रकारिता जगत्का भीष्मपितामह मानिनुहुने छलफल साप्ताहिकका संस्थापक प्रधानसम्पादक थपलियाका यसअघि सत्ताको मान्छे (कविता सङ्ग्रह), नायकको खोजी (कथासङ्ग्रह), गीतसङ्ग्रह प्रकाशन भइसकेको छ ।

    दक्षिण एसियाली स्वतन्त्र पत्रकार सङ्घ (साफ्मा) नेपाल च्याप्टरका संस्थापक अध्यक्ष थपलियाले पञ्चायतकालमा मिसन पत्रकारिताका गरेकै कारण जेल, नेल र अनेक कष्ट भोग्नुपरेको थियो भने लोकतान्त्रिक जनआन्दोलनमा प्रहरीको प्रहारबाट घाइते भई लामो समय नशासम्बन्धी समस्या भएर स्वदेश र विदेशमा उपचार गराउन पुग्नुभयो । थपलियाले जीवनकालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा अनेकौँ उथलपुथल देख्नुभयो । उहाँको सम्पूर्ण जीवन जनतामा निरङ्कुशताले गरेको अन्याय, अत्याचार र दमनविरुद्ध लड्दैमा बितेको छ । यसबीच उहाँले निरङ्कुशताका अनेकौँ यातना भोग्नुभयो । शरीर निरङ्कुश सत्ताका दमनले जीर्ण भयो । तर जनता र राष्ट्रप्रतिको मेरो कर्तव्यलाई उहाँले एक चिम्टी पनि तल पर्न दिनुभएन ।

    मुलुक र जनताको हितका निम्ति आफूलाई अर्पण गर्न उहाँ कहिल्यै पछि पर्नुभएन । जीवनमा तिनै सङ्घर्षमयी अनुभवसमेतका आधारमा विचारलाई तिखार्दै थपलियाले पछिल्लो समयमा साहित्यमा अभ्यस्तता बढाउनुभएको छ । अस्वस्थ्य भएर पनि मोबाइलमा एक हातका औँलाले टाइप गरेका भरमा उहाँले कृति प्रकाशन गर्दै आउनुभएको छ । स्वास्थ्यले पूर्ण साथ नदिए पनि थपलिया शोषित पीडित जनताको सुख र समृद्धिका लागि सङ्घर्षशील भएर लाग्न तत्पर हुनुहुन्छ । समय, घटना, स्थान र वातावरणको वस्तुतथ्यमा आधार भएर जीवनमा आफूले देखे भोगेका अनुभवलाई यस पुस्तकमार्फत उहाँले पस्किनुभएको छ । “जुनबेला जे भयो, जे मेरो विवेकले जाँच्यो, त्यसैबेला मोबाइलमा बूढी औँलाले लेखेर सामाजिक सञ्जालमा पनि राख्दै गएँ ।

    थुप्रै क्रिया र प्रतिक्रिया प्राप्त भए । मैले भेटेका र अनुभव गरेका कति मान्छेहरु व्यवहारले कति सही र गलत भन्ने भोगेर मैले त्यसको परिणामबारे पनि सारसंक्षेपमा लेखेको छु”, पुस्तकबारे उहाँको भनाइ छ, “मेरा यी भनाइ तथ्यका आधारमा छन् या छैनन् ? यो जिम्मा सबै पाठकमा छोडिदिएको छु ।” थपलियाले भनेजस्तै वास्तवमा सबैले आफ्नो जीवनतिर फर्र्केेर हेर्नैपर्छ । मान्छेका आ–आफ्नै व्यवहारिक अनुमान हुन्छन् । सबैको जीवन एकनासले बित्दैन । विभिन्न किसिमले मान्छे जीवन बिताउने गर्दछन् । थपलियाको जीवन सुख र सफलताको जीवन नभई त्याग र बलिदानको शृङ्खला भएको देखिन्छ । अनेकौँ आरोहअवरोह र कठिनाइ जीवनमा आए पनि उहाँले देश र जनताको सुख र समृद्धि प्राप्त गर्ने बाटोलाई त्याग्नुभएको छैन ।

    उहाँ पद, प्रतिष्ठा र पैसामा आकर्षित नभइ जनताको न्यायपूर्ण आन्दोलनलाई साथ दिन तल्लिन हुनुहुन्छ । ‘जीवन उपयोगी’ पुस्तकमा यस्तै सन्दर्भ र अनुभवले विचारका रुप लिएका छन् । पैरवी प्रकाशनले प्रकाशन गरेको एक सय ६४ पृष्ठको यस पुस्तकले जीवनमा आशा र निराशा के हो ? असफलताबाट सफलता कसरी प्राप्त गर्ने ? देश र जनताका लागि शपथ खाने नेताहरुले कस्ता घात गर्न पुग्छन् ? भ्रष्ट र दलालको धन्दा के हो ? जस्ता विषयमा बुँदागत तथा सटिक विश्लेषण र प्रवृत्तिगत चित्रण गरिएको छ । भूमिकामा प्रा डा हेमनाथ पौडेलले व्यक्त गरेझैँ थपलियाका अभिव्यक्ति उपयोगी र मननीय छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.