• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मनाङका होटलमा पर्यटक भरिभराउ

  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मनाङ । हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढे्को छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो । पर्यटक आगमन बढ्दै गएपछि यहाँका होटल तथा पर्यटन व्यवसाय भरिभराउ भएका छन् । दिनप्रतिदिन मनाङअन्तर्गतको अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । दुई वर्ष कोभिडका कारणले गर्दा पूर्ण रुपमा बन्द रहेको पदमार्गमा अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् । मनसुन लम्बिए पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

    मौसममा सुधार हुनासाथ पर्यटक आगमन बढेको यहाँका होटल व्यवसायी बताउँछन् । हिमपात भएको समयमा पदयात्रा गर्दा जोखिम बढी हुने भएकाले यस समयमा पदयात्रा गर्न सहज हुने जिल्लास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयले जनाएको छ । पदमार्गअन्तर्गत लमजुङको बेँसीसहरदेखि पर्यटक पैदलयात्रा गरिरहेको देखिने आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । उहाँले सिजन सुरु भएसँगै यहाँ पर्यटकको चहलपहल बढेको भन्दै दैनिक एक सय ५० देखि दुई सयसम्म पर्यटक मनाङ भित्रिन थालेका जानकारी दिनुभयो ।

    प्रमुख भुजेलले भन्नुभयो, “मनाङ भित्रिएका पर्यटक विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल (चार हजार नौ सय १९ मिटर), विश्वकै १०औँ स्थानको जोखिमयुक्त पदमार्गअन्तर्गतको थोराङ्ला पासतर्फ जाने गरेका छन् ।” सन् २०२३ को सुरुआतदेखि सेप्टेम्बरसम्म १२ हजार दुई सय बाह्य पर्यटक भित्रिएको (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका अनुसार गत वर्ष सन् २०२२ मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य गरी १९ हजार पर्यटक भित्रिएका थिए ।

    सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका भुजेलले जानकारी दिनुभयो । सन् २०२३ को जनवरीमा ४२ देशका नागरिकले मनाङ भ्रमणका लागि प्रवेश गरेको तथ्याङ्क रहेको आयोजना इलाका कार्यालयले जनाएको छ । उहाँका अनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक भ्रमणका लागि आएको तथ्याङ्क छ । “विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुन्छ । यस वर्ष हिउँ पर्न सकेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो । सिजन सुरु भएपछि अहिले पर्यटक यहाँ भित्रिन थालेका छन्”, भुजेलले भन्नुभयो ।

    नयाँ वर्षको योजनाअनुरुप कोरियाका पर्यटक भ्रमणमा आएको उहाँले बताउनुभयो । “कोरियन नागरिक यहाँभन्दा बढी चिसोमा बसिरहेका हुन्छन्, जसले गर्दा हिउँदमा कोरियाका पर्यटक बढी आउने गरेका हुन्”, प्रमुख भुजेलले भन्नुभयो । हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताल लगायतका विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएको उहाँको भनाइ थियो । “विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिन्छौँ । यो मार्ग जोखिम छ, केही जानकारी दिन्छाँै भने गाइड लिएर आएमा जोखिम कम हुन्छ भन्ने हो”, उहाँले भन्नुभयो, “यस वर्ष मनाङमा हिमपात नभए पनि पर्यटक बढ्ने क्रममा छ ।” “हिमपात भएपछि हिउँ पहिरा आउन सक्ने भएकाले पूर्ण रुपमा यात्रा रोकिन्छ । तर, यसपटक हिमपात भएको छैन । पर्यटकलाई यात्रामा सहज हुन्छ । त्यसै पनि जोखिमपूर्ण यात्रा हुन्छ यस पदमार्गमा ।

    आवश्यक सतर्कता अपनाउन सुझाव दिने गरेका छौँ”, भुजेलले भन्नुभयो । उहाँका अनुसार मस्र्याङ्दी नदीको किनार हुँदै यस पदमार्गको यात्रा गर्नुपर्दछ । सडक र पदमार्ग एउटै हुँदा पर्यटकलाई सकस हुने गरेको उहाँले बताउनुभयो । यात्राका क्रममा सवारी चल्दा हिलाम्मे भएको क्षेत्रमा हिलो छ्यापिने र धुलो भएको स्थानमा धुलोले बाटो छिचोल्न समस्या हुने गरेको भुजेलको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जोखिमयुक्त यात्रा गर्नुपर्ने भएकाले सचेतता अपनाउन सुझाव दिने गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “उच्च हिमाली क्षेत्रमा आउँदा लेक लाग्न सक्ने भएकाले गन्तव्यमा पुग्न सकस हुन्छ, जसले गर्दा आवश्यक सचेतता अपनाउन सुझाव छ ।” पर्यटन व्यावसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले पर्यटक देशकै आयस्रोत भएकाले उनीहरुको आकर्षण बढाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको स्तरोन्नतिसँगै पदमार्गलाई पनि व्यवस्थित बनाउन आवश्यक छ । सडक र पदमार्ग एउटै भएको स्थानमा वैकल्पिक पदमार्ग बनाउनतर्फ सबैको चासो पुग्नुपर्छ ।” उहाँका अनुसार जिल्लामा करिब सानाठूला गरी तीन सय होटल रहेका छन् । विदेशी पर्यटक मात्रै नभई आन्तरिक पर्यटकको आकर्षण पनि बढ्दै गएको सङ्घका अध्यक्ष गुरुङले बताउनुभयो ।

    “आन्तरिक पर्यटकलाई सहज हुने गरी विकास गर्न आवश्यक छ । यहाँ आउने पर्यटकलाई स्वागत गर्दा यहाँको संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “यसका साथै फिल्म सुटिङको गन्तव्य बनाउन पनि सबै लाग्नुपर्छ ।” पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ ।

    अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई सिजन गरी यहाँ पर्यटक घुम्न आउने गर्दछन् ।

    • मनाङका होटलमा पर्यटक भरिभराउ

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.