• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नगरप्रमुख विपन्न स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत कालिकाले ७९४ विपन्न परिवारको स्वास्थ्य बीमा गर्दै

  •   सोमबार, असोज २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । पूर्वी चितवनको कालिका नगरपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य वीमा गर्न सुरु गरेको छ । नगरकै गौरवको योजना अन्तर्गत नगर भित्रका ७ सय ९४ परिवारको निशुल्क स्वास्थ्य बीमागर्नेगरी काम सुरु गरेको हो । आइतबार वडा नं ६ को कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख विनोद रेग्मीले नगरप्रमुख विपन्न स्वास्थ्य वीमा कार्यक्रमको उद्घाटन गरेका छन् । आर्थिक अभाव झेलिरहेका परिवारलाई उपचारमा स्वास्थ्य लाभ पाउन सकुन भनेर नगरभित्रका अति विपन्न परिवारका लागि निशुल्क स्वास्थ्य बीमागर्न थालिएको हो ।

    वीमा सेवा प्राप्तगर्नका लागि निश्चित समय भित्र सम्बन्धित वडा कार्यालय मार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो । यो सेवा लिनका लागि सम्बन्धित परिवार आफैले विपन्न रहेको स्वघोषणा गरे अनुसार प्राप्त आवेदनलाई छानविन गरी ९ सय ९४ परिवारको स्वास्थ्य वीमा गर्न लागेको हो । वडा नं. ६ वाट वीमागर्ने अभियान हिजोदेखि सुरु गरिएको छ । वडा नं १ का ११४, वडा नं २ का ४, वडा नं ३ का १२७, वडा नं ४ का ७३, वडा नं ५ का १०९, वडा नं ६ का १३४, वडा नं ७ का ९८, वडा नं ८ का ८२, वडा नं ९ का ३१, वडा नं १० का १८ र वडा नं ११ का ४ गरी ७९४ घरधुरीको स्वास्थ्य वीमा गरिने नगर प्रमुख रेग्मीले जानकारी दिए ।

    स्वास्थ्य वीमागर्दा ५ जना भन्दा कम सदस्य भएको परिवारलाई ३५ सय र त्यसभन्दा माथी रहेका परिवारको वीमा गर्दा प्रति व्यक्ति ७ सय रुपैयाँ थपहुनेगरी शुल्क लाग्ने गरेको छ । नगरप्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत वीमागर्ने परिवारलाई लाग्ने सो बराबरको शुल्क नगरपालिकाले व्यवस्थापन गर्नेगरी यो कार्यक्रम सुरु गरिएको हो । वीमा कार्यक्रम प्रत्येक वर्ष नविकरणगर्नुपर्ने हुन्छ । आगामी वर्षहरुमा पनि नगरपालिकालेनै नविकरणगर्नेगरी यो कार्यक्रम ल्याइएको हो ।

    निःशुल्क स्वास्थ्य बिमाबाट विपन्न परिवारका तीन हजार १७७ जना लाभाम्वित हुनेछन् । सो नगरपालिकाले स्वास्थ्य वीमाको लागि प्रतिपरिवार परिवारसंख्याको आधारमा ३ हजार ५०० देखि सात हजार सम्म लगानी गरेको छ । ७ सय ९४ घरधुरीको स्वास्थ्यवीमामाको लागि नगरपालिकाको २८ लाख ४३ हजार ३०० रुपैयाँँ लगानी गरेको छ । विपन्न नगरबासीको स्वास्थ्य वीमाको लागि सो नगरपालिकाले नगर सभा मार्फत ३० लाख रुपैया विनियोजन गरेको थियो । चेपाङ समुदायका परिवारको प्रदेश सरकारले स्वास्थ्य वीमा गर्ने घोषणा गरिसकेकाले सो नगरपालिकाले नगरभित्र रहेका सो समुदायका घरधुरीको भने स्वास्थ्य वीमा गरेको छैन् ।

    स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनको लागि नगरप्रमुख विपन्न स्वास्थ्य बिमा कार्यविधि स्विकृति गरी कार्यान्वयनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए । धनाढ्यले सुविधा पाउने र विपन्न त्यसबाट बन्चित हुने अबस्था आउन नदिन सो नगरपालिकाले छनोट प्रक्रियालाई कडाई समेत गरेको थियो । वडाले छनोट गरी पठाएको नाम मेयर संयोजक रहेको निर्देशन समितिले छानविन गर्ने र सो समितिले छनोट गरेको परिवारको विषयमा नगरबासीले दावी विरोध पेश गर्ने गरी सुचना समेत प्रकाशन गरेको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।

    मेयर रेग्मीले नगरबासी लभग्राहीलाई स्वास्थ्य वीमा कार्ड हस्तान्तरण गरी स्वास्थ्य विमा कार्यक्रमको उद्घाटन गरेका हुन । सो अबसरमा उनले आर्थिक अभावका कारण उपचार गर्न चन्दा उठाउनुपर्ने बाध्यकारी अबस्थाको अन्त्य गर्न विपन्न परिवारको निःशुल्क बिमा गरिएको बताए । अब आर्थिक अभावका कारण उपचार नपाएर कोही पनि मर्नु पर्दैन मेयर रेग्मीले भने पैसा नहुनेको उपचारको जिम्मा स्थानीय सरकारले लिएको छ ।

    मेयर रेग्मीले प्रदेश सरकारले चेपाङ समुदायका घरधुरीको स्वास्थ्य बिमा गर्ने घोषणा गरेकाले अहिले सो समुदायलाई समाबेश नगरिएको भन्दै प्रदेश सरकारले नगरे स्थानीय सरकारले उनीहरुको समेत निःशुल्क स्वास्थ्य बिमा गर्ने बताए । वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले स्वास्थ्य वीमा कार्यक्रमको महत्वका बारेमा बोलेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.