बझाङ । बझाङ प्रहरीले आज (बिहीबार) विहान अन्दाजी २५ केजी लागु औषध चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी वित्थडचिरबाट प्रहरी नायव निरिक्षक केशव जोशीको नेतृत्वमा खटिएको प्रहरीले उक्त परिणामको लागु औषध चरेश सहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बझाङ बुङ्गल नगरपालिका वडा नम्बर २ वस्तीका २५ बर्षीय धनबहादुर धामी र बनभ्वांका २८ बर्षीय धनबहादुर धामी नै नाम भएका अर्का व्यक्ति गरी दुईजनालाई पक्राउ गरेको प्रहरी नायव निरिक्षक जोशीले जानकारी दिए । वित्थडचिर गाउँ पालिका २ लिम भन्ने स्थानमा विशेष सुराकीको आधारमा सुरक्षा जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव निरिक्षक जोशीले बताए । उनीहरुले लागु औषध चरेशलाई प्लाष्टिकमा बेरी कपडाको भारी बनाएर बुङुगलबाट वित्थड तर्फ जाँदै गरेको अवसथमा नियन्त्रणमा लिएका प्रहरी जानकारी दिएको छ ।








