पर्सा । राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका ७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई प्रहरीले परीक्षा संचालन गरिररहेको अवस्थामा पक्राउ गरेको हो । वीरगंज महानगरपालिका ५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा संचालन भईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले निरीक्षकको नक्कली पोसाक लगाई रायले परीक्षा संचालन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको बताइएको छ । उक्त परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको पनि प्रहरीले जनाएको छ । परीक्षार्थीहरु मास्क लगाएर बसेको, प्रश्न पत्र र उत्तर पुस्तिका बाँडिएको अवस्थामा प्रहरी पुगेको थियो ।








