चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सहकारीले गरेको ऋण लगानी उत्पादन संग जोडीन आबश्यक रहेको बताउनुभएको छ । नव चितवन बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सहकारीको ऋण बिलाशितामा जोडीदाँ सहकारीहरु समस्या ग्रस्त वन्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “सहकारीको ऋण उत्पादनमा जोडीनु पर्छ । बिलाशितामा होइन ।” ऋण प्रदान गर्दा बिलाशितामा हो की उत्पादनका लागि हो भनेर संस्थाले समेत सोच बिचार गर्नु पर्ने उहाँको भनाईथियो । पछिल्लो समय सहकारीहरुमा देखिएको समस्या बिलाशिताका वस्तुमा ऋण प्रदान गर्दा देखिएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “व्यवसायीक घराना व्यक्तिहरुले सञ्चालन गरेको सहकारीमा समस्या देखिने गरेको छ ।” सामान्य स्तरका जनताले दैनिकि चलाउनका लागि सञ्चालन गरेका सहकारीहरुको भबिश्य भने राम्रो रहेको उहाँको भनाई थियो ।
सहकारीका माध्यमबाट राष्ट्र निर्माणमा सहयोग पु¥याउनु पर्ने भन्दै उहाँले अहिलेका सहकारीहरुलाई कसरी अघि वढाउनु पर्ने भन्ने बिषयमा सोच्नु पर्ने उहाँले बताउनुभयो । समाज रुपान्तरणमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले सहकारीले स्थानिय सरकारले गर्नुपर्ने कामहरु गर्दै आएको बताउनुभयो ।
संस्थाका अध्यक्ष रामप्रसाद वस्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेस्कुनका सञ्चालक बिद्या कोइराला, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष पररमेश्वर खनाल, २३ का वडा अध्यक्ष दिपक दवाडी लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा संस्थाले शेयर सदस्यहरु बिभिन्न बिधामा सम्मान गरिएको थियो ।








