• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

साहित्यकार भट्टराईको ‘ठाँटीको घाम’सार्वजनिक

  •   सोमबार, असोज २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    फुङ्लिङ ।  पछिल्लो पुस्ताका चर्चित साहित्यकार टङ्कबहादुर भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यास सार्वजनिक भएको छ । घटस्थापनाका अवसरमा ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, पाथीभारा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेङ्म्बो, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष यूक हां वीर हांगाम लगायतले संयुक्तरुपमा सो कृतिको विमोचन गर्नुभएको थियो ।

    सो अवसरमा उहाँहरुले साहित्यकार भट्टराईलाई अगामी दिनमा निरन्तर लेखन जारी राख्न सुझाव दिनुभयो । ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत भट्टराईको यसअघि ‘साँझमा पारिलो तारा २०६८’ (कविता सङ्ग्रह) र ‘म पनि बग्दैछु साप्सु–२०७३’ कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् । सामाजिक जनजीवनलाई जीवन्त एवं सटिकरुपमा उतारिएको सो ‘ठाँटीको घाम’ उपन्यासभित्र विभिन्न ५३ खण्डमा अलगअलग विषयवस्तु सरल र सहज भाषामा समेटिएका छन् ।

    उपन्यास २४५ पृष्ठको छ । उपन्यासका लेखक भट्टराईले भन्नुभयो, “उपन्यासका कथावस्तु र पात्र मेरै गाउँ घर वरिपरिका हुन् । केही मेरो बुबाको साथीसमेत उपन्यासका वस्तुमा पात्रका रुपमा उभिएका छन् । गाउँ घरमा भएको सामाजिक यथार्थ परिवेश र समस्यालाई केन्दमा्र राखेर उपन्यासको भाव भूमि उनिएका छन् ।” सो अवसरमा कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार कमल भट्टराईले भन्नुभयो, “यस उपन्यासले समाजमा धेरै कुरा सिकाएको छ । उपन्यास मनदन पुरस्कार प्राप्तिका लागि दाबी गर्न योग्य छ । म एकपटक आम पाठकले उपन्यासलाई अध्ययन गर्न आग्रह गर्दछु । ”

    साहित्यकार तथा उपप्राध्यापक शान्तिराम नेपालले ‘ठाँटीको घाम’ उपन्यासले नेपाली समाजलाई नयाँ ढङ्गबाट व्याख्या, विश्लेषण गरेको जनाउँदै नेपाली उपन्यासमा यसले नयाँ आयाम थपेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “गालामा हात राखेर उपन्यासका कथा बगेजस्तै कोही कसैको मन उपन्यास पढ्दा बगिरहेको प्रस्ट नै अनुमान लगाउन सकिन्थ्यो । उपन्यासमा प्रस्तुत भएको विषयवस्तु, पात्रको चरित्रका बारेमा प्रस्तुत गर्दा प्रायः सबैले एक पटक आफ्नो बाल्यकालमा विद्यालय गएको सम्झना आइरहन्थ्यो ।”

    नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले उपन्यासमाथि समिक्षा गर्दै भन्नुभयो, “म दुई दशकदेखि पत्रिकारिता गर्दै आएको छु । मैले कलम चलाउनुभन्दा अघि त्यो कलम र त्यसको मसीले कसैमाथि अन्याय गरिहेको छ की भनेर सोच्न यो किताबमा लेखिएको हरफले सिकाएको छ । उपन्यासले पत्रकारले कलम चलाउनुअघि प्रयोग गरिने भाषा र विषयका बारेमा सोच्न सन्देश दिएको छ ।” उपन्यासमा रहेका विषय वस्तु हाम्रै छरछिमेक गाउँ घरको यर्थाका घटनालाई सिलसिलाबद्ध तरिकाले उठान गरेका उहाँले बताउनुभयो । “मैले किताब समाउँदै गर्दा र किताबका पाना पल्टाउँदै गर्दा सोचेको पनि थिइन, एकजना राष्ट्रसेवक कर्मचारीले कोही किन अनियमिततामा लुप्त हुन्छ, उसले त्यसरी कमाएको पैसा केमा खर्च गर्छ भन्ने कथामा समेटेको छ ।”

    पत्रकार गौतमले भन्नुभयो“यो उपन्यासले नेतालाई उच्च सम्मान दिएको छ । लक्ष्य र योजना भएको सक्षम नेतृत्वले समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने देखाएको छ । समुदायमा भोट माग्नुअघि देखाउनुपर्ने चरित्र, समुदायले गर्ने मूल्याङ्कनका विषयमा प्रष्ट्याइएको छ । नेतृत्व समाजप्रति उत्तरदायी भए भोट माग्नु जानुपर्दैन जनताले आफँै नेतृत्व खोजेर आउँछन् भन्ने सन्देश दिएको छ ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.