• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चाडबाडको मेसोमा म्याग्दीका गाउँगाउँमा मेला र खेलकुद

  •   शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्र मेला र खेलकुदमय भएका छन् । दसैँ, तिहारको अवसर पारेर ग्रामीण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता आयोजना भएका हुन् ।

    युवा क्लबले खेलकुदसँगै स्थानीय र राष्ट्रिय कलाकारको गीत, नृत्य प्रस्तुतिको कार्यक्रमले गाउँघर यतिबेला मेलामय भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

    “आठ वटा वडा रहेको हाम्रो रघुगङ्गा गाउँपालिकाको बादुक, भगवती र कोटगाउँमा बडादसैँैको अवसरमा रु एक लाखभन्दा बढी पुरस्कार राशिको खेलकुद प्रतियोगिता सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “मेलापर्वले ग्रामीण क्षेत्रमा खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र गीत तथा नृत्य कला प्रस्तुतिको अवसर मिलेको छ ।”

    रघुगङ्गा गाउँपालिका–१ को बादुक भूमे युवा क्लबले आयोजना गरेको बास्केटबल, पुरुष भलिबल, प्रौढ भलिबल, महिला भलिबल, बाल बास्केटबल र नृत्य प्रतियोगिताका साथै खेलमैदानको शुक्रबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ९खम्बिर०, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पूर्वप्रदेश सांसद विनोद केसी र गाउँपालिका अध्यक्ष भण्डारीले उद्घाटन गर्नुभयो ।

    सोही अवसरमा गण्डकी प्रदेश सरकारको रु दश लाख अनुदान र स्थानीयको श्रमदानमा पुनःनिर्माण भएको बादुक खेलमैदान, सिङ्गापुर प्रहरीमा कार्यरत बादुकका मिथुन शेरपुञ्जाको नेतृत्वमा रु चार लाख २६ हजार चन्दा जुटाएर स्थापना गरिएको बास्केटबलको फाइवर बोर्डको पनि उद्घाटन गरिएको थियो ।

    बादुकको बास्केटबल र पुरुष भलिबल प्रतियोगिताका विजेतालाई रु एक लाख १५ हजार पुरस्कार राखिएको छ । यसैगरी रघुगङ्गा गाउँपालिकाको वडा नम्बर २ भगवतीमा बडादसैँको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशि पनि रु एक लाखभन्दा बढी छ । मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोटमा कात्तिक ६ गते दसैँ मेला सकिएको थियो ।

    मालिका–२ रुममा भलिबल र वडा नम्बर ५ को देवीस्थान र वडा नम्बर ६ दरवाङमा फुटबल प्रतियोगिता आयोजना भएको छ । देवीस्थानको फुटबल प्रतियोगिताका विजेतालाई पनि रु एक लाख राशिको पुरस्कार राखिएको छ ।

    सहर बजारबाट दश जोड दुई, क्याम्पस तहमा पढ्ने युवायुवती, विदेशबाट आएका प्रवासी र नेपालकै विभिन्न स्थानमा विविध पेसा र जागिरमा रहेका चाडपर्वको बिदामा खेलकुद प्रतियोगितामा रमाउने गरेका बादुक भूमे युवा क्लबका लोकेन्द्र गर्बुजाले बताउनुभयो । मेलामा स्थानीय मौलिक गीत र नृत्य प्रस्तुत गर्ने चलन छ । मौलिक सोरठी, मारुनी, पुख्र्यौली गीतमा नृत्य गर्ने गर्दछन् ।

    बादुकको खेलकुद प्रतियोगिता र खेलमैदान उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्बुजा र प्रदेश सांसद भण्डारीले मेला महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । ग्रामीण क्षेत्रमा आयोजना भएका खेलकुद प्रतियोगिताबाट छानिएका खेलाडीलाई जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर मिलाउने उहाँहरुले बताउनुभयो ।

    राष्ट्रिय महिला भलिबल टिमकी कप्टान अरुणा शाही, महिला भलिबल खेलाडी कमला पुन, पवित्रा विसीलगायत म्याग्दीका धेरै खेलाडी प्रदेश, विभिन्न क्लब र राष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन् । उनीहरु पनि यसैगरी ग्रामीण क्षेत्रमा आयोजना हुने गरेका खेलकुद प्रतियोगिताबाट नै छानिएर माथि पुगेका हुन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.