• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सरकारी अस्पतालमा पालो नपाएपछि सिएमसीमा निःशुल्क उपचार

  •   शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पित्तथैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहनुभएका इच्छाकामना गाउँपालिकाका–३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो प¥यो । स्वास्थ्य बीमामार्फत शल्यक्रिया गराउनुपर्ने उहाँको आर्थिक बाध्यता थियो ।

    पत्थरीका कारण उहाँलाई दुःखाई बढ्दै गयो । आर्थिक अभाव र पीडामा छट्पटाइरहनुभएका उहाँको बाध्यता बुझेर चितवन मेडिकल कलेज शिक्षण अस्पतालले उहाँको निःशुल्क उपचार गरेको छ । गत असार २९ गते यहाँस्थित सरकारी भरतपुर अस्पताल परीक्षणपछि उहाँको शल्यक्रियाको पालो आगामी चैत १८ गतेका लागि तोकियो । पोखरेलले आर्थिक अभावका कारण उपचार पाउन नसक्दा पीडा भोग्नु परेको गुनासो नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सचिव दीपेन्द्र अधिकारीलाई जानकारी गराउनुभएको थियो । यसपछि सचिव अधिकारीले चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटालाई पोखरेलको समस्या बारेमा जानकारी दिनुभएको थियो ।

    गत वर्ष नै उहाँमा पित्तथैलीको पत्थरी समस्या देखिएको थियो । त्यतिखेर बीमा थिएन । शल्यक्रिया गर्न पैसा आवश्यक हुने भएपछि उहाँ बीमा गरेरमात्र शल्यक्रिया गर्ने भनी बस्नुभयो । बीमा गरेपछि पनि उहाँले सहजै सुविधा लिन पाउनु भएन ।

    अस्पतालका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले विपन्न नागरिकको सेवा गर्नु आफूहरुको दायित्व भएको भन्दै बिरामी पोखरेलले उपचार खर्च सबै चितवन मेडिकल कलेजले नै व्यहोरेको बताउनुभयो । उहाँका अनुसार पोखरेल आज निको भएर घर फर्किंदै हुनुहुन्छ । अस्पतालले यसअघि पनि विपन्न नागरिकको निःशुल्क उपचार गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    यही कात्तिक १३ गते चितवन मेडिकल कलेजमा उहाँको शल्यक्रिया भएको हो । शल्यक्रियापछि प्रतिक्रिया दिँदै पोखरेलले भन्नुभयो, “चैत कुरेको भए मेरो ज्यान खतरामा हुनेथियो ।”

    दैनिक तीन हजार हाराहारी बहिरङ्ग सेवामा बिरामी आउने भरतपुर अस्पतालमा दुई तिहाइ जति बीमाका बिरामी हुन्छन् । शल्यक्रियाका लागि आउने बिरामीको पालो नौ महिनासम्म पछाडि पर्ने गरेको छ ।

    भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल दूरबिनबाट पित्तथैलीको शल्यक्रियाका लागि नौ महिनासम्म पालो कुर्नुपर्ने बाध्यता रहेको स्वीकार्नुहुन्छ । उहाँको भनाइमा अस्पतालमा सरकारी दरबन्दीमा ‘सर्जन’ तीनजना दरबन्दी भए पनि छात्रवृत्ति करारका एकजना चिकित्सक मात्रै छन् । विकास समितिका नौजना चिकित्सक छन् । बिरामीको बढ्दो चापका कारण शल्यक्रिया गर्ने बिरामीले लामो समय पालो कुर्नु परेको उहाँले बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.