• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

व्यवसायीलाई फूलमाला बिक्री गर्न भ्याइनभ्याइ

  •   मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    पाल्पा । तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार सुरु भएदेखि नै फूलबारीमा ग्राहक आफँै पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् । यतिबेला हाम्रो आधुनिक कृषि फार्म रामपुर पाल्पामा सयपत्री फूल खरिद गर्न विभिन्न ठाउँबाट ग्राहक पुग्ने गरेका छन् । तिहारको चहलपहलले फूल टिप्ने र बिक्री गर्दैमा समय बितेको पत्तो नभएको व्यवसायी दिलबहादुर थापा बताउनुहुन्छ ।

    “तिहार सुरु भएदेखि नै फूलमाला खरिद गर्न ग्राहक आउन थाल्नुभएको हो, बिहानदेखि साँझसम्म फूलवारीमा फूल टिप्ने, माला तयार पार्ने कार्यमा व्यस्त छौँ, फूलमालाको व्यापार राम्रो हँुदै गएको छ”, उहाँले भन्नुभयो । यसपटक मात्रै करिब रु चार लाखसम्मको फूलमाला बिक्रीबाट आम्दानी हुने व्यवसायी थापाले बताउनुभएको छ । गत वर्षको तिहारमा मात्रै रु दुई लाख ५० हजार बराबरको आम्दानी भएको उहाँको भनाइ छ । चार वर्षअघि रामपुर नगरपालिकाको सहयोगमा बुटवलमा एक हप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिएर रामपुरमा व्यावसायिक उत्पादन सुरु गरेको उहाँले बताउनुभयो ।

    फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातिका उत्पादनलगायतका सम्बन्धमा ज्ञान सीप पाएपछि नयाँ ढङ्गबाट उहाँले व्यावसायिक रुपमा खेती गर्नुभएको छ । करिब १५ मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफूमात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उहाँको सपना छ । एक वर्षमा तीन पटकसम्म सयपत्रीको व्यावसायिक खेती गर्न सकिन्छ । तिहारमा फूलमालाको अभाव हुन नदिनका लागि हरेक वर्ष क्षेत्रफल बढाएर खेती गरिरहेको अर्का व्यवसायी लालबहादुर थापाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हरेक वर्ष तिहारमा फूल अभाव भएर धेरै ग्राहकलाई रित्तै पठाउनुपरेकाले अहिले व्यवसाय बढाएर खेती गरिरहेकाले यो वर्षको तिहारमा फूल अभाव हुँदैन, प्रशस्त मात्रामा फूल छन्, जतिबेला पनि ग्राहकलाई हामी उपलब्ध गराउनेछौँ” । यहाँ उत्पादन भएको सयपत्री फूल प्रतिकिलो रु पाँच सय, प्रतिमाला रु एक सय ५० मा धमाधम बिक्री भइरहेको छ । गुणस्तरीय फूलमाला पाएपछि ग्राहक सन्तुष्ट छन् । करिब साढे चार रोपनी जग्गामा लगाइएको फूल यतिबेला ढकमक्क पहेँलै फुलेका छन् ।

    परीक्षणका रुपमा एक रोपनीमा सुरु गरेको व्यवसायले पहिलो वर्षमा नै राम्रो व्यापार भएपछि यसलाई निरन्तरता दिँदै हरेक वर्ष व्यावसाय बढाउँदै गएको व्यवसायी बताउँछन् । फूलमा बसेर फोटो, भिडियो, टिकटक बनाउने हरेक उमेर समुहको चहलपहल पनि उत्तिकै छ । रामपुर नगरपालिकामा हाम्रो आधुनिक कृषि फार्मले मात्रै सयपत्री फूलको व्यवसाय सुरुआत गरेको छ । यसकारण पनि यहाँ उत्पादन भएको फूल रामपुर नगरपालिकाभित्र हुने विभिन्न सभा, समारोह, कार्यक्रम, विवाह, व्रतबन्धलगायतका कार्यमा राम्रै खपत हुने गरेको छ ।

    स्थानीयस्तरमा नै माग धेरै आएकाले बाहिरी बजारमा फूलमाला नपठाउने व्यवसायीको सोच छ । नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयलाई व्यवसायीले पहिलो प्राथमिकता दिएका छन् । पछिल्लो समय विभिन्न सङ्घ संस्था, विद्यालयमा दीपावली, शुभकामना आदानप्रदानजस्ता कार्यक्रम गर्ने लहरले तिहार सुरु हुनु अघिदेखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् । फूलको उत्पादन र बिक्री उत्साहजनक रहेकाले व्यावसायमा थप हौसला मिलेको छ । गाउँघरमा पछिल्लो समय सयपत्री फूल कमै पाइन्छ ।

    स्थानीय जातका फूल मासिने क्रम बढेको छ । ‘हाइब्रिड’ जातको फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फूल्ने फूल हिजोआज खासै देखिँदैन । सयपत्री फूललाई व्यवसायीकरण र संरक्षण गर्दै रामपुर नगरपालिकाले प्रोत्साहनस्वरुप विभिन्न अनुदानका कार्यक्रम सहयोग गरेको छ । यहाँ जुनसुकै समयमा पनि सयपत्री फूल उपलब्ध हुने गरेको छ । हाम्रो आधुनिक कृषि फार्ममा प्रविधि सिकेर यस वर्ष विभिन्न विद्यालयमा शिक्षक, विद्यार्थीले सयपत्री फूलखेती सुरु गरेका छन् । यो वर्ष रामपुरमा विगतका वर्षमा जस्तो तिहारमा सयपत्री फूलमालाको अभाव नहुने भएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.