एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । सारजाह स्टेडियममा भएको खेलमा दिल्लीले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै इयान मोर्गनले ४४ रन बनाउँदा राहुल त्रिपाठीले ३६ रन जोडे । शुबमन गिलले २८ रन जोड्दा आन्द्रे रसेलले १३ रन बनाए । कप्तान दिनेश कार्तिक ६ रनमै आउट भए । दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट लिए । यस्तै हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले १/१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस आयर र पृथ्वी शले अर्धशतकीय इनिङ्स खेले । श्रेयसले ३८ बलमा अविजित रहदै ८८ रन बनाए । पृथ्वी ४१ बलमा ६६ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषब पन्तले ३८ रन जोड्दा शिखर धवनले २६ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले दुई विकेट लिए । यस्तै भरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक-एक विकेट लिए । तेस्रो जितसँगै दिल्लीले ४ खेलमा ६ अंक जोडेको छ । दिल्ली तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।








