पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै अध्यावधिक विवरण अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार ९७ पुगेको छ । यसअघि आइतबार बिहान मात्रै गण्डकीमा थप ४३ जनामा संक्रमण पुष्टि भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ४ जिल्लाका ३८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा नवलपारसी ९बर्दघाट सुस्ता पूर्व०का २६, बाग्लुङका २, स्याङ्जाका १ र तनहुँका ९ जना रहेको निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमितहरुमध्ये नवलपरासीको मध्यबिन्दु अस्पतालमा कार्यरत ५ जना कर्मचारीमा २ जना ल्याबमा, १ जना अनमी र २ जना सहयोगी कर्मचारी हुन् । यस्तै, स्याङ्जा जिल्लाका १ जना र बाग्लुङ जिल्लाका २ जना गरि ३ जना भारतबाट आएका हुन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएको हो । सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको डा। शर्माले बताए ।









