काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २५३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६४ हजार ६९पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३२९ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७३.७ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा २२ हजार २१९ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा १० हजार ३२६ जना रहेका छन् । होम आइशोलेसनमा रहनेको संख्या ११ हजार ८९३ छ । अहिले क्वारेन्टाइनमा ४ हजार २०३ रहेका छन् । आज १२ हजार ७८४ जनाको पिसिआर परिक्षण गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।








