• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा गर्भवतीलाई लक्षित गरी सञ्चालन गरिएको ‘आमा घर’ प्रभावकारी बन्दै गएको छ । गैँडाकोट नगरपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने वडा नं ३ र १८ का सुत्केरीलाई लक्षित गर्दै आमाघर सञ्चालनमा ल्याइएको हो ।

    पहाडी क्षेत्रका महिला घरमै सुत्केरी हुने गरेका भन्दै गैँडाकोट नगरपालिकाले गर्भवतीलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रेरित गर्ने उद्देश्यले गैँडाकोट नगर अस्पतालमा आमाघर सञ्चालनमा ल्याएको हो । घरमा हुने सुत्केरीको सङ्ख्या शून्यमा ल्याउने र सुत्केरी अवस्थामा आउन सक्ने जटिलता घटाउने उद्देश्यले पहाडी क्षेत्रमा बसोबास गर्ने गर्भवतीलाई गैँडाकोट नगर अस्पतालमा आमाघर कार्यक्रम सञ्चालन गरिएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले राससलाई बताउनुभयो । आमाघर कार्यक्रमलाई नगरपालिकाको नवीनतम् प्रयासका रूपमा लिइएको उहाँको भनाइ छ ।

    नगरपालिकाले नगर अस्पतालमा सञ्चालन गरेको आमाघरबाट लक्षित वडाका गर्भवती र उनका कुरुवालाई दुई हप्तासम्म सम्पूर्ण हेरचाह गरिने गैँडाकोट नगर अस्पताल प्रमुख जनस्वास्थ्य निरीक्षक पुष्पराज श्रेष्ठले बताउनुभयो । “दुई वडाका गर्भवती र उनका कुरुवालाई सुत्केरी हुने मितिले सात दिनअघिदेखि सात दिन पछाडिसम्म खाने र बस्ने सबै सुविधा यहीँ उपलब्ध हुन्छ, त्यसका लागि नगरपालिकाले प्रतिदिन रु आठ सय उपलब्ध गराउँछ”, उहाँले भन्नुभयो ।

    “यहाँ राखेको बेलामा जटिल समस्या देखियो भने तत्काल हामीले उपचार गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “यहाँबाट समाधान भएन भने पनि भरतपुर सिफारिस गरेर सुत्केरी र नवजात शिशुको ज्यान बचाउन सकिन्छ । गत आर्थिक वर्षबाट सुरु भएको आमाघर कार्यक्रमबाट हालसम्म गैँडाकोटको वडा नं ३ र १८ का ४१ जना लाभान्वित भइसकेका श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आव २०७९/८० मा २९ जना र चालु आवमा १२ जनाले आमाघरबाट सेवा लिएका छन् ।

    गैँडाकोट नगरपालिकाभित्र भौगोलिकरूपमा विकट क्षेत्र वडा नं ३ र १८ मा बसोबास गर्ने गर्भवतीलाई लक्षित गरी नगर स्वास्थ्य शाखाले ग्रामीण भिडियो एक्स–रे कार्यक्रम सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो । त्यस्तै नगर स्वास्थ्य शाखामार्फत ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरभित्रका प्रतिसुत्केरी रु पाँच हजारका दरले रकम उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.