• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

  •   बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताउनुभएको छ । उहाँले बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोटस्थित भीमसेन माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुनेसमेत दाबी गर्नुभएको छ ।

    “शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गीण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताउनुभयो । “विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावकको ठूलो दायित्व र जिम्मेवारी रहन्छ, जनप्रतिनिधिले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारलगायत जनशक्ति व्यवस्थापन गरिदिने हो”, उहाँले भन्नुभयो ।

    मन्त्री बस्नेतले फरक प्रसङ्गमा गफ लगाएर विकास नहुने तर्क राख्नुभयो । उहाँले भन्नुभयो, “विकास गर्न काम गर्नैपर्छ, गफ लगाएर हुन्न, अर्काले ल्याएको विकासका योजनामा नागरिकलाई झुक्याउनु हुन्न ।” सिन्धुपाल्चोकमा भौतिक पूर्वाधार विकासले थप तीव्रगति लिएको जनाउँदै अझै शिक्षाको विकास तथा बालविवाह रोक्ने अभियान सञ्चालनको आवश्यकता औँल्याउनुभयो । “यहाँ पूर्वाधारको विकास भएको छ, हुँदै जान्छन्, चिन्ता लिनु पर्दैन, शैक्षिक विकास र व्यक्तिको सामाजिक चेतनाको विकासमा कदम चाल्नैपर्छ”, उहाँले थप्नुभयो ।

    मन्त्री बस्नेतले स्थानीय नागरिकलाई बिरामी परेर उपचार गर्न नसके वडाध्यक्षको सिफारिस लिएर आफूकहाँ आउन आगह्रसमेत गर्नुभएको छ । “उहाँले पैसा नभएका कारणले कोही पनि नेपाली मर्नु पर्दैन, बिरामी परे वडाध्यक्षबाट उपचार गर्न सकिनँ भनेर सिफारिस माग्नुस्, तपाईँको उपचार सरकारले गर्छ”, उहाँले दोहोर्याउनुभयो । उहाँले आफू मन्त्री भएपछि सङ्घीयस्तरका अस्पतालमा तीन हजार पाँच सय २३ बेड गरिब तथा विपन्नका लागि निःशुल्क उपचारसहित, दश प्रतिशत सबै अस्पताल तथा मेडिकल कजेज र चार प्रदेशका जनरल बेडमा निःशुल्क उपचारसहितको नीति कार्यान्वन गराएको बताउनुभयो ।

    सो अवसरमा मन्त्री बस्नेतले विद्यालयको खेलमैदान निर्माण लागि रु ५१ हजार सहयोगको घोषणा गर्नुभयो । साथै उहाँले विद्यालयका लागि भवन निर्माणार्थ जग्गा प्रदान गर्ने स्थानीयलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांगे्रसका नेता एवं पूर्वराज्यमन्त्री विष्णुविक्रम थापा, गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा, नेपाली कांग्रेस ट्रेड युनियनका केन्द्रीय उपमहासभिव बलदेव तामाङ, नेकपा (एमाले)का नेता डुप क्षिरिङ तामाङलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक हीरा लामाले विद्यालयको वार्षिक प्रगति प्रस्तुत गर्नुभएको थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.