• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पर्यटकीय गन्तव्य बन्दै केभहिल

  •   बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बेनी । धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भू–भागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्न थालेको छ । बेनी नगरपालिका–५ स्थित गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ ।

    बेनी नगरपालिका–५ गाजने र बेनी नगरपालिका–९ तोरीपानीको शिरमा अवस्थित केभहिल क्षेत्रमा अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ । बेनीबाट पुलाचौर हुँदै गाजनेसम्म सडकको पहुँच पुगेको छ भने बेनी–पुलाश्रम–घतानकोट–ढोलठान हुँदै केभहिल र तोरीपानीबाट पैदलमार्ग हुँदै आन्तरिक पर्यटक केभहिल क्षेत्रमा पुग्ने गर्छन् । केभहिलमा बेनी नगरपालिकाले भ्यूटावर, पदमार्गलगायतका पूर्वाधार निर्माण गरेपछि पर्यटकको आगमन बढेको स्थानीयवासी बताउँछन् ।

    पहिले गुफा डाँडाका नामले चिनिने यस क्षेत्रलाई पर्यटक आकर्षित गर्न केभहिलका नामले चिनाउन थालिएको र पर्यटन प्रवर्द्धन अभियानले पर्यटकको चहलपहल बढ्दो क्रममा छ । गाजने, पुलाश्रम र तोरिपानी क्षेत्र भएर केभहिलको भ्रमणमा जानेहरू बढेको तोरिपानीका स्थानीय सागर बानियाँले बताउनुभयो । “पहिले खासै चर्चामा थिएन, अहिले यस क्षेत्रको प्रचार–प्रसार र पर्यटन पूर्वाधार बन्ने क्रम बढेपछि आन्तरिक पर्यटक बढेका छन्, शनिबार र बिदाका समयमा त यस क्षेत्रमा घुम्न आउनेको लर्को नै लाग्ने गर्छ”, उहाँले भन्नुभयो ।

    यहाँबाट धवलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालको अवलोकन गर्न सकिन्छ । प्राकृतिकरूपमै भ्यू प्वाइन्टको आकारमा समुद्री सतहबाट दुई हजार दुई सय मिटर उचाइमा रहेको केभहिलको पहाडबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायतका हिमाल एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । पहाडको थुम्कोबाट मनोरम हिमशृङ्खला र भू–बनोटको अवलोकन गर्न पाउँदा मन प्रफुल्लित भएको केभहिलमा पुग्नुभएका बेनीका सङ्गीता पौडेलले बताउनुभयो ।

    “ठाउँ अत्यन्तै रमाइलो रहेछ, म्याग्दीका धेरैजसो गाउँठाउँसमेत देख्न सकिने, हिमाल आँखै अगाडि उभिएजस्तो देखिने रहेछन्, पैदल र मोटरबाटो सजिलो भैदिए धेरै जना यहाँ आउन पाउने थिए”, उहाँले भन्नुभयो । केभहिल, डढेकोट र भुमेथानबाट हिमालका चुचुरा, वनजङ्गल, नदीनाला, विविधतायुक्त ग्रामीण भूगोल र बेँसीका तरेली परेका फाँटको मनमोहक दृश्यावलोकन गर्न पाउनु यहाँ पुग्ने पर्यटकका लागि प्रमुख आकर्षणका रूपमा रहेका छन् ।

    पर्यटकीयसँगै धार्मिक र ऐतिहासिक महत्वका हिसाबले समेत गाजने क्षेत्र सम्भावनायुक्त मानिन्छ । तत्कालीन बाइसे–चौबीसे राजाका पालामा तत्कालीन पर्वत राज्यका तृतीय मल्लराजा दिलीप बमले डढेकोटमा दरबार बनाएर शासन सञ्चालन गरेको इतिहासमा उल्लेख छ । गाजनेमा दिलीपबम मल्लले विसं १५५०–६० को समयमा जगन्नाथ मन्दिरसमेत निर्माण गरी नृत्य पूजाआजा गर्न सुरु गरेको मन्दिरसमेत रहेकाले यस क्षेत्र पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्वले भरिपूर्ण रहेको गाजनेका स्थानीय अगुवा नीलकण्ठ शर्माले बताउनुभयो । यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भ्यूटावर निर्माण, ऐतिहासिक जगन्नाथ मन्दिरको पुनःनिर्माण, पदमार्ग निर्माणलगायतका कार्यले सहयोगी भूमिका खेलेको छ ।

    विसं २०६९ मङ्सिर ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रु एक करोड आठ लाख रकममध्ये जगन्नाथ मन्दिरको पुनःनिर्माणका लागि रु ४७ लाख ९१ हजार नौ सय ७३ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिवसमेत रहुनभएका स्थानीय अगुवा शर्माले जानकारी दिनुभयो । मन्दिर शिखरशैली एवं काठमाडौँको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ ।

    डढेकोटमा तत्कालीन राजाले बनाएको दरबार भग्नावशेषका रूपमा रहेको छ । यस क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक सम्पदा र पर्यटकीय गन्तव्यको विकासका लागि पूर्वाधार निर्माण र प्रचार–प्रसारका लागि पहल गरिएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताउनुभयो । उहाँले नगरपालिकाबाट केभहिलमा भ्यूटावर निर्माण गरिएको र त्यसलाई थप सुधार गरेर सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । गाजनेबाट डढेकोटसम्म पदमार्ग निर्माण भएको छ ।

    पुलाचौरबाट नयाँगाउँ हुँदै जगन्नाथसम्म सडक पुहँच पुगेको छ । यो सडकलाई स्तरोन्नति गरी नियमित सहज सवारीआवत जावत गर्ने बनाउनका लागि नगरपालिका र प्रदेश सरकारमा पहल गरिएको छ । बेनीबाट पदमार्गले समेत जोडिएको यो क्षेत्रलाई व्यवस्थित पदमार्ग बनाउन बेनी–अर्थुङ्गे–पुलाश्रम–घतानकोट–ढोलठान–केभहिल–डढेकोट हुँदै पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग निर्माण गर्न सकेमा यो क्षेत्रको पर्यटन विकासले थप सार्थकता पाउने वडाध्यक्ष बानियाँको भनाइ छ । यस क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरेर गाजनेमा घरबास र सरिबोटको फाँटमा होटल सञ्चालन गर्ने स्थानीयवासीले तयारी गरेका छन् । रासस

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.