• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘नारायणगोपालका तीन सपना’ पूरा गरिँदै

  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नंको घरमा अहिले केही चालचुल हुँदैछ । नेपाली गीतसङ्गीत जगत्को एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्वलाई जीवन्त बनाउन भौतिक संरचना निर्माण भइरहेको देख्न सकिन्छ । नेपाली गीतसङ्गीत क्षेत्रमा आफ्ना पालामा ‘न भूतो, न भविष्यति’ को छवि बनाउनुभएका ‘स्वरसम्राट्’का स्मृतिमा ‘नारायणगोपाल सङ्गीत कोष’ ले उहाँको निवासलाई नै सङ्ग्रहालयको रूप दिने तयारी थालेको छ ।

    अझ ‘पेमु’ सहितका नाममा निवास परिसरमा ‘नारायणगोपाल पेमला सूरमय गीतगङ्गा भवन’ पनि बनाएर उहाँको सपनालाई मूर्तरूप दिइँदै छ । काठमाडौँ किलागलबाट हालको कामपा-३, भाटभटेनीमा क्षेत्रमा बसाइँ सर्नुभएका नारायणगोपाल (विसं १९९६-२०४७) को निवासलाई सबैथरीका मानिसको गन्तव्य बनाउने उद्देश्यले कोषले एक महिनादेखि काम अगाडि बढाउँदै छ । तर यस मङ्सिरमा त्यो सम्पन्न हुने छैन, करिब सात महिनापछि मात्र पुनःनिर्माण र सङ्ग्रहालयको प्रारम्भिक काम सकिने छ ।

    त्यो कोमल, आनन्दायक र अमूल्य ‘मखमली आवाजका धनी’ को जन्म महिना र गते असोज १८ लाई नभई देहावसान महिना र गते मङ्सिर १९ का दिनलाई नै कोष र गीतसङ्गीतकर्मीले पवित्र दिन मान्दै समारोह आयोजना गर्दै आएका छन् । कोषले हरेक वर्ष गीतसङ्गीतका दुई स्रष्टालाई सम्मान गर्दै आएको छ र हालसम्म ४० जना सम्मानित भइसक्नुभएको छ । कोषका संरक्षक तथा अध्यक्ष पेमला (निधन विसं २०६१)ले पतिसँगको बिछोड वर्षमै आफ्ना निवास र भौतिक सामग्री कोषअन्तर्गत सङ्ग्रहालय निर्माणार्थ सबै कोषलाई समर्पण गरिसक्नुभएको थियो ।

    गीतसङ्गीतका क्यासेट भने म्युजिक नेपाललाई हस्तान्तरण गरिएको थियो । यसअघि नै कामपा–३ का वडाध्यक्ष दीपक केसीको पहलमा विसं २०५४ मा भूगर्भ तथा खानी विभाग, लैनचौरदेखि महाराजगञ्ज चक्रपथचोकसम्म करिब साढे दुई किमी सडकलाई ‘नारायणगोपाल मार्ग’ नामकरण भइसकेको छ भने विसं २०५५ मा महाराजगञ्ज चोकमा उहाँको साालिक ठडिइसकेको छ । कोषका वर्तमान महासचिव केसी नारायणगोपालसँग सम्बद्ध गीतसङ्गीतका सामग्रीदेखि उनले प्रयोग गरेका सबै घरेलु वस्तु सङ्ग्रहालयमा राखिने बताउनुहुन्छ ।

    त्यसो त नारायणगोपाल–पेमला निवास÷सङ्ग्रहालयभित्रको पश्चिमोत्तर १७/१४ फिटको कक्षमा अहिले नै उहाँले प्रयोग गरेका तबला, हार्माेनियम, मादललगायत सङ्गीत उपकरण, त्रिइनवन सिडी-क्यासेट-रेडियो, सम्मान- प्रशंसापत्र-पुरस्कार प्रमाणपत्र, पदक, मायाको चिनो, आफू, पत्नी, राजा वीरेन्द्र र साथीभाइसँगको तस्बिर, रेडियो सजिसजाउ गरी राखिएका छन् । उहाँकै पालाका सोफा, कुर्सी र टी टेबल पनि त्यहीँ सुरक्षित छन् । “‘मखमली आवाज’का धनीलाई सम्मान गर्न सङ्ग्रहालयका भित्ताहरू रातो मखमलले नै सजाइने छ”, कामपा-३ का पूर्ववडाध्यक्ष केसीले भन्नुभयो ।

    भाटभटेनी मन्दिरबाट एक सय मिटर र नारायणगोपाल सालिकबाट दुई सय ५० मिटर दूरीको पूर्वाेत्तर साढे दुई तलाको सङ्ग्रहालयमा नारायणगोपाल–पेमला दम्पतीका शय्या, दराज, वस्त्र, फ्रिज, स्टोभ, किरोसिन लाइट, तस्बिर आदि निवासमै यत्रतत्र छन् । जुन एकत्रित गर्ने काम भइरहेको छ र अन्य वस्तु पनि सङ्कलन हुँदै छ । “त्यतिबेलाको कलर सोनी टेलिभिजन पनि त्यहीँ छ, बाथरुममा त्यो बेला नै राखिएको सावर पनि छ, जुन त्यतिबेला हत्तपत्त कसैले राख्दैनथ्यो”, सङ्ग्रहालय निर्माणमा जुट्नुभएका कोषका सङ्गीत निर्देशक राजकुमार श्रेष्ठले भन्नुभयो ।

    निवासका अन्य कोठाहरू स–साना नै छन् । बाथरुम भने सापेक्षिक रूपमा अलि ठूलै छ । डाइनिङ रुमसहितको भान्छा कोठा पनि चिटिक्क परेको छ । जहाँ नारायणगोपाल आफैँ खाना पकाउने मेलोमेसोमा ज्यादाजसो अघि सर्नुहुन्थ्यो । भर्‍याङ भने निकै साँघुरो र परम्परागत नै छ । कतिपय सामान काम गर्नेले लगे, कति अरूहरूले, केही पत्तै छैन । सङ्ग्रहालयको तल्लो वा भुइँतलाको एक कोठा भने हाल भ्वायलिन सिक्न चाहनेका लागि प्रयोग गरिँदै छ । “विसं २०५२ देखि दैनिक चार-पाँच जनालाई गरेर हालसम्म दुई/तीन सय विद्यार्थीलाई मैले तालिम दिइसकेँ, त्यो पनि सक्नेलाई शुल्क, नसक्नेलाई निःशुल्क”, सङ्गीत निर्देशक श्रेष्ठले भन्नुभयो । आधुनिक सङ्गीतलाई पूर्णता दिन भ्वायलिन आवश्यक पर्छ ।

    भ्यायलिन विश्वको सबभन्दा लोकप्रिय बाजा हो । जसको प्रयोग पाश्चात्य सङ्गीतदेखि लिएर हरेक प्रकारका सङ्गीतमा गरिन्छ । सारङ्गी, सितार जस्ता अन्य तारयुक्त बाजामा ‘बेला’ सबभन्दा छोटो भए पनि यसको तार भने लामो हुन्छ । केसीका अनुसार नारायणगोपालका तीन सपना थिए, भ्वाइलिन ट्रेनिङ, गीतगङ्गा भवन तथा आफ्नो सालिक र आफ्नो नामको मार्ग ।

    पछिल्लो सपना भने साथीभाइ–गीतसङ्गीतकर्मीमाझ स्वरसम्राट्ले ठट्टै ठट्टामा भन्ने गरेको भनी रणजित गजमेरले यसरी सुनाउनुभएको रहेछ, “हामी मरेपछि हाम्रा नाममा मूर्ति र सडक बन्ने हुन् कि होइनन् ?” गीति शब्द तौलेर मात्र गाउने यी गायकले लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे, हरिभक्त कटुवाल, भूपी शेरचन, ईश्वरबल्लभ, धर्मराज थापा, चेतन कार्की, लक्ष्मण लोहनी, प्रदीप रिमाल, तुल्सी घिमिरे, नगेन्द्र थापा, किरण खरेल, राममान तृषित, गोपाल योञ्जन, भीम विराग, क्षेत्रप्रताप अधिकारी, दिव्य खालिङ, विश्वम्भर प्याकुर्‍याल, कालीप्रसाद रिजाल, रत्नशम्शेर थापा, भैरवनाथ रिमाल, कञ्चन पुडासैनी, नीर शाह, दिनेश अधिकारीलगायत नाम चलेका कवि ।

    गीतकारका गीत मात्र गाए, सङ्गीत दिए जुन गीतिमययुक्त, सुसंस्कृत र अतिसूक्ष्म स्वरकम्पपूर्ण हुन्थे, छन् । तत्कालीन रानी ऐश्वर्य अर्थात् चाँदनी शाहको गीत त उहाँले जीवनको उत्तरार्धतिर मात्र गाउनुभयो । जीवनमा आधुनिक, लोक, भजन र राष्ट्रिय गरी करिब चार सय गीत (नेपाली र नेपालभाषा) मा कर्णप्रिय सङ्गीत तथा स्वर दिनुभएका नारायणगोपालको निवास पुनःनिर्माणका लागि रु २० लाख र सङ्ग्रहालय निर्माणका लागि रु २० लाख लागत लाग्ने अनुमान गरिएको छ । यी काम चालु आव २०८०/८१ मै सकिने योजना छ ।

    “यस कामका लागि हामी तीनै तहका सरकार, विभिन्न सङ्घसंस्था, व्यक्तिआदिका सहयोग लिन्छौँ । यो त राज्यकै दायित्व हो नि”, स्थानीय समाजसेवीसमेत रहनुभएका केसीले रासससँग भन्नुभयो । यस सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग पनि कुरा भइसकेको उहाँको भनाइ छ । गीतगङ्गा भवन नारायणगोपालका सपनामध्येको गीतगङ्गा भवन निर्माण भइरहेको छ । सङ्गीत महाविद्यालयका रूपमा स्नातकसम्मको अध्ययनअध्यापन हुने गरी यसको सञ्चालन गरिने कोषको योजना छ ।

    रु सात करोड लागत अनुमानको सो चारतले (भुइँतलासहित) भवनका सबै तलामा ढलान भइसकेका छन् । “हामी चालु आवमा नै कुनै विश्वविद्यालयसँग आबद्धता लिएर स्नातक तहको सङ्गीत कक्षा सुरु गराउने छौँ”, राजनीतिकर्मी केसीले भन्नुभयो । सहिद, राजनीतिज्ञ/राजनीतिकर्मीका साथै भाषा, साहित्य, कला, गीतसङ्गीत, संस्कृति, चलचित्र, मनोरञ्जन, नाट्य आदि क्षेत्रमा योगदान दिने व्यक्तित्वका स्मृतिमा समाजमा स्मृति प्रतिष्ठान, सङ्घसंस्था, सालिक, सङ्ग्रहालय, भवन, शैक्षिक संस्था खोल्ने चलन बढिरहेका सन्दर्भमा स्रष्टा÷व्यक्तित्वका सपना साकार पार्न पनि पछिल्लो पुस्ता लाग्नुपर्नेमा समाजसेवी केसी र परिकल्पित नारायणगोपाल सङ्गीत महाविद्यालयका सङ्गीत निर्देशक श्रेष्ठ जोड दिनुहुन्छ ।

    गीतसङ्गीत क्षेत्रमा नेपालका ‘तारा’ देवीका नाममा पाँच वर्षअघि स्थापित प्रतिष्ठानका अध्यक्ष पनि रहनुभएका केसीले उहाँद्वारा गाइएका-सङ्गीत दिइएका गीतहरूको पनि सङ्कलन र ‘नोटिफिकेसन’को हुँदै गरेको जानकारी दिनुभयो । यसरी स्रष्टाहरूको सम्मानको कामलाई संस्थागत गर्नुपर्ने उदाहरण उहाँले दिनुभएको छ । तारादेवीका सुपुत्र रवि श्रेष्ठ संरक्षक रहेको तारादेवी फाउन्डेसनका सदस्यमा मीरा राणा, ज्ञानु राणा, भुवन चन्दलगायत हुनुहुन्छ । उहाँका नाममा भने हरेक वर्ष माघ ९ गते समारोह आयोजना गरिन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.