बुटवल : बुटवलको धागो कारखानामा बनाइएको अस्थायी अस्पतालमा उपचारत एक विरामीको मृत्यु भएको छ ।सैनामैना नगरपालिका–४ सिसौडाँडाँका अन्दाजी ३५ वर्षीय बाबुराम थापाको आईसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्यु बारे अस्पतालले केही बोलेको छैन ।
उनको रगतको नमुना संकलनका लागि पठाइएको र हाल सम्म नजिता नआएको अस्पताल श्रोतले बताएको छ । उनी दुवईबाट १० दिनअघि मात्र नेपाल आएको बुझिएको छ । उनी त्यहाँ ट्याक्सी ड्राईभरको रुपमा कार्यरत थिए । विस्तृत विवरण आउन बाकी छ ।








