माल्टा । माल्टामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । रोजगारीको सिलसिलामा माल्टाको जीरामा रहेका २५ वर्षीय कृष्णबहादुर थापा क्षेत्री आफ्नै अपार्ट्मेन्ट्को तल मृत फेला परेका छन् ।
माल्टा प्रहरीले अहिले अनुसन्धान गरिरहेको हुँदा पुर्ण विवरण भने आउन बाकी रहेको राष्ट्रिय समवन्य परिषद् माल्टाले जनाएको छ ।








