एजेन्सी । कोरोनाभाइरस संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा तानिएका छन् । अस्पतालमा उपचाररत रहेको ट्रम्प आइतबार समर्थकलाई भेट्न अस्पतालबाट बाहिर आएपछि विवादमा तानिएका हुन् । आइतबार केहि समयको लागि आफ्ना समर्थकलाई भेट्न ट्रम्प गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर निस्किएका थिए । उनले समर्थकलाई अभिवादन गरे । अस्पतालबाट बाहिर निस्किँदा उनले मुखमा कालो मास्क लगाएका थिए । उनीभन्दा अगाडिको सिटमा पनि दुईजना मानिसहरु बसेका थिए । तर, गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नहुने भन्दै आलोचना भएको हो । ह्वाइटहाउसका प्रवक्त जु डीरेले केही समयको लागि मात्र उनी बाहिर निस्केको र सो अवधिमा संक्रमण सर्न नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको बताएका छन् ।








