हेटौंडा । मकवानपुरकी संचारकर्मी अन्जली थापाद्धारा निर्मीत नयाँ म्युजिक भिडियो “के लाई हेरेकी” सार्बजनिक भएको छ । थापाको जन्मदिनको अवसरमा आईतबार 8K एभरेष्ट मोशन पिक्चर्स (8K Everest Motion Pictures) नामक युट्यब च्यानल मार्फत म्युजिक भिडियो सार्बजनिक गरीएको हो । गीतमा स्वर गायक राजन राज शिवाकोटी रहेको छ भने शब्द रोशनीको रहेको छ। यस गीतलाई गुमनामले संगीतवद्द गरेका हुन्। गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ। सान थापाको निर्देशनमा तयार पारिएको भिडियोको कोरीयोग्राफी कबिराज गहतराजको रहेको छ । म्युजिक भिडियोमा नाजिर हुसेन, बर्षा राउत र स्याण्डी सडौला मुख्य भुमिकामा रहेका छन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई बिबेक सुनारले सम्पादन् गरेका हुन् । गीतको म्युजिक भिडियोलाई संचारकर्मी थापाले ५ लाख लगानीमा निर्माण गरीएको बताएकीछिन् । फिल्मी शैलीमा बनेको म्युजिक भिडियो युटयुबको टे«न्ङ्गिमा समेत परेको छ । राष्ट्रिय समाचार समिति (रासस) को संवाददाता थापा प्रेस संगठन मकवानपुरकी सहसंयोजक हुन् ।








