• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भिजिट भरतपुर २०२४ क्वाड्राङ्गुलर टि-ट्वान्टीको उद्घाटन दिनमा चितवन र नवलपुरको विजयी सुरुवात

  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आजबाट सुरु भएको ‘भिजिट भरतपुर २०२४ क्वाड्राङ्गुलर टि-ट्वान्टी सिरिजको उद्घाटन खेलमा चितवन र नवलपुरले विजयी सुरुवात गरेका छन् । पर्साविरुद्ध चितवनले ४३ रनको जित निकाल्दा नवलपुरले मकवानपुरलाई २२ रनले हराएको हो । आज भएको पहिलो खेलमा चितवनले दिएको १ सय २६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्ग गरेको पर्सा निर्धारित २ ओभरको खेल बाँकी छदा ८२ रनमा अलआउट हुन पुग्यो ।

    पर्साको पारी ध्वस्त बनाउने क्रममा चितवनका दिवस आचार्यले ४ ओभर बलिङ्ग गर्दै १३ रन खर्चिएर ३ विकेट लिए । दानिस इकबाल, क्रिजन गुरुङ्ग र नरेश प्रधानले समान २ विकेट लिदा दिपेश श्रेष्ठको नाममा १ विकेट रह्यो । ब्याटिङ्गमा पर्साका लागि सांसद मन्सुरीले सर्वाधिक २८ रन बनाए भने सांसद अन्सारीले २५ रन जोडे । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन एक अंकमा नै सिमित रह्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २५ रनको योगफल तयार पारेको थियो ।

    चितवनका लागि ओपनर बिकल गुप्ताले अर्धशतकीय पारी खेले । ४० बल खेलेका उनले ५३ रन बनाए । उनी १९ औं ओभरको दोस्रो बलमा साजाफुल हवारीद्वारा सैफुल्लाह अन्सारीबाट समातिए । बलिङ्गमा सेराफुल हवारीले ३, सैफुल्लाह अन्सारीले २ तथा एफाज मन्सुरी, सांसद मन्सुरी, नसुरिदिन अन्सारी र सांसद अन्सारीले समान एक विकेट लिए । अर्धशतक प्रहार गरेका चितवनका बिकल गुप्ता खेलको प्लेयर अफ द म्याच घोषित भए । यस्तै आजको दोस्रो खेलमा नवलपुरले मकवानपुरमाथी जित निकाल्यो ।

    टस जितेर पहिला ब्याटिङ रोजेको नवलपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनायो । नवलपुरका लागि कमल परियारले सर्वाधिक २७ रन बनाए । १९ बल खेलेका उनले ३ छक्का प्रहार गरे । यस्तै, गोविन्द बिकले २३ र रिजन काफ्लेले २१ रन बनाए । बलिङ्गतर्फ मकवानपुरका रिजन ढकाल एक्लैले ४ विकेट लिएपनी जितका लागि पर्याप्त भएन । यस्तै समीर चौलागाईं, सुभ कंसकार, साकार गजुरेल र सुवर्ण भट्टले समान १ विकेट लिए ।

    १ सय १८ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ्ग थालेको मकवानपुर ९ बल बाँकी छदा ९५ रनमा अलआउट भयो । मकवानपुरका लागि सन्देश बस्नेत र गोकुल अधिकारीले समान २१ रन बनाए । सुमन सुनारले १६ रन बनाउदा सुभ कंसकारले ११ रन बनाए । मकवानपुरमाथी जित निकाल्नेक्रममा नवलपुरका अपरिचित पौडेलले ४ ओभर बलिङ्ग गर्दै १ मेडनसहित ८ रन खर्चिएर ३ विकेट लिए । शिशिर भुषाल र कुमार रानाले समान २ विकेट लिदा सुदिप अर्यालले १ विकेट लिए ।

    दोस्रो खेलको प्लेयर अफ द म्याच नवलपुरका बलर अपरिचित पौडेल चुनिए । प्रतियोगिता अन्तर्गत भोलि दुइ खेल हुनेछ । पहिलो खेलमा बिहान ९ बजे नवलपुर र पर्सा आमनेसामने हुनेछन् । दोस्रो खेलमा चितवनले मकवानपुरको सामना गर्नेछ । प्रतियोगिता यहि मङ्सिर २७ गतेसम्म संचालन हुनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.