• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भिजिट भरतपुर २०२४ टि-ट्वान्टी सिरिजको उपाधीका लागी मकवानपुर र चितवन भिड्ने

  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवन जिल्ला क्रिकेट संघको आयोजनामा संचालन भैरहेको चार जिल्ला सम्मिलित भिजिट भरतपुर २०२४ टि-ट्वान्टी सिरिजको उपाधीका लागी मकवानपुर र चितवन भिड्ने भएका छन । आज भएको लिग चरणको अन्तिम खेल सकिएपछी चितवन अंकतालिकाको शिर्ष स्थानमा रहदै र मकवानपुर नेट रनरेटका आधरमा दोस्रो स्थानमा रहदै फाइनलको यात्रा तय गरेको हो । मकवानपुरले पर्सालाई ७ विकेट र चितवनले नवलपुरलाई ३५ रनले हराउदै फाइनलमा स्थान बनाएका हुन् ।

    आजको पहिलो खेलमा भरतपुर १५ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो । पर्साका लागि नस्रुदिन अन्सारीले १६ बल खेल्दै १ छक्का र ३ चौकासहित सर्वाधिक २६ रन बनाए । सुरज कुर्मी र चन्दन रामले समान २४ रन जोडे ।

    बलिङमा मकवानपुरका रिजन ढकालले ४ ओभरमा ६ रन खर्चिएर ४ विकेट लिए । असिम श्रेष्ठ, साकार गजुरेल, रोहित ठाकुर र इर्फान अलीले १/१ विकेट हात पारे । १ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको मकवानपुरले १४ दशमलव ५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । मकवानपुरको जितमा ओपनरद्वय गौरव खड्का र सुभ कंसकारले १ सय ७ रनको शतकीय साझेदारी गरे । ३६ बल खेलेका सुभ कंसकारले ७ छक्का र ३ चौकाको मद्दतमा ६७ रन बनाउदै आउट भए । अर्का ओपनर गौरव खड्का ३६ बलमा ५ चौकासहित ४१ रनमा नटआउट रहे । बलिङमा पर्साका सैफुल्लाह अन्सारी र साम्सद अन्सारीले एक/एक विकेट लिए ।

    मकवानपुरलाई जिताउन अर्धशतक प्रहार गरेका सुभ खेलको प्लेयर अफ द म्याच भए । आजको दोस्रो खेलमा चितवनले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको नवलपुर ११ बल बाँकी छदा १ सय १८ रनमा अलआउट भयो । नवलपुरका लागि २५ बल खेल्दै कमल परियारले ५ छक्कासहित सर्वाधिक ४० रन बनाए । १८ बल खेलेका अभिनाश सापकोटाले ३ छक्का र १ चौका प्रहार गर्दै ३० रन जोडे । बलिङमा चितवनका संघर्ष पौडेलले ३, नरेश प्रधान र दिवस आचार्यले २/२ तथा दिपेश श्रेष्ठ र देव शाहले १/१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५३ रनको योगफल तयार पारेको थियो । चितवनका लागि ओपनर साकार ढकालले आक्रामक सुरुआत दिदै १० बलमा ४ चौका प्रहार गर्दै २२ रन जोडे । अर्का ओपनर बिकल गुप्ता २४ रन बनाउदा अपरिचित पौडेलको बलमा क्लिन बोल्ड भए । त्यसपछि मध्यक्रममा प्रतिक श्रेष्ठ र दिपेश श्रेष्ठले ५३ रनको साझेदारी गर्दै चितवनको पारी सम्हालेका थिए । ४८ बल खेल्दै प्रतिकले ५ छक्का र ३ चौकाको मद्दतमा ६४ रन जोडे ।

    २२ बलमा २ छक्का र १ चौका प्रहार गरेका दिपेश श्रेष्ठ २४ रन बनाउदा कमल परियारको बलमा एलबिडब्लु धरापमा परे । बलिङमा नवलपुरका कमल परियार, अभिनास सापकोटा, शिशिर भुषाल र अपरिचित पौडेलले समान १ विकेट लिए । अर्धशतक प्रहार गरेका प्रतिक श्रेष्ठ खेलको प्लेयर अफ द म्याच बने । प्रतियोगिताको फाइनल खेल भोलि बिहान १० बजेदेखि सुरु हुनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.