• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पशुपतिनाथको धर्मभकारी थापेर पशुपति हिन्दु विश्वविद्यालय स्थापना

  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  आराध्यदेव शुपतिनाथका नाममा धर्मभकारी थापेर पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति हिन्दु विश्वविद्यलय स्थापनाका लागि विद्वानसँग सुझाव लिन आज आयोजना गरेको कार्यक्रममा श्री पशुपति हिन्दु विश्विद्यालय स्थापना तयारी समितिका संयोजक डा जगमान गुरुङले नेपाल सरकारको अनुदान नलिई धर्मभकारी थापेर भगवान् भोलेनाथले वर्षाउनुहुने स्रोतले नै विश्विद्यालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

    कोषले गठन गरेको समितिले शिवसङ्कल्पका आधारमा विश्विद्यालय स्थापना हुने गरी तयारी गरिएको जानकारी सो गराइएको हो । “पशुपति र हिन्दु दुई शब्दले विश्वमा नेपालको आकर्षण बढाउँछ, विश्वका हिन्दु नेपाल आउने वातावरण बन्छ, यसले नेपालको शिर उच्च बनाउँछ, गोठाटारमा रहेको कोषको जग्गाको ईशान कोणमा विश्वविद्यालय बनाउने गरी अध्ययन भएको छ”–उहाँले भन्नुभयो । समितिका सदस्य एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले नेपालका संस्कृतिपरक दर्शनको अध्ययन अनुसन्धान गर्ने गरी विश्वविद्यालय स्थापना हुने बताउनुभयो । मानवमात्रको विश्वविद्यालय बनाउनेगरी कानुनको मस्यौदा भइरहेको उहाँले जानकारी दिनुभयो ।

    विश्विद्यालयलाई राजनीतिक छायाका रुपमा नभई स्वतन्त्र प्राज्ञिक संस्थाका रुपमा स्थापित गर्ने समितिले गृहकार्य गरेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । कोषका सदस्य सचिव राजुकुमार केसीले पशुपतिका नाममा स्थापना हुने विश्वविद्यालयलाई गोठाटारमा रहेको जग्गाबाट ठाउँ दिने व्यवस्था गुरुयोजनामा गरिएको जानकारी गराउनुभयो । सांस्कृतिक अध्ययन अनुसन्धानको नमूनास्थलका रुपमा विश्वविद्यालयलाई अघि बढाइने उहाँको प्रतिबद्धता थियो ।

    कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले पछिल्लो समय पशुपतिनाथलाई सहयोग गर्ने भन्दा माग्नेको सङ्ख्या बढिरहेको बताउनुहुँदै विश्वविद्यालयका लागि भने सहयोग जुटाउन काम गरिने जानकारी गराउनुभयो । ८२ प्रतिशत हिन्दु रहेको देशमा पशुपति हिन्दु विश्वविद्यालय स्थापना गर्दा देशको गौरव बढ्ने उहाँको भनाइ थियो । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले विश्वविद्यालयले कसैलाई सम्बन्धन नदिने गरी यसको स्वरुप निर्धारण गर्न लागिएको जानकारी गराउनुभयो ।

    कोषले गठन गरेको कार्यदलले सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाएपछि विश्वविद्यालय स्थापनाका लागि समिति गठन गरिएको उहाँले बताउनुभयो । कार्यदलले बुझाएको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अध्ययन गरी अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको जानकारी पनि समितिको सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक खतिवडाले गराउनुभयो । शिक्षा मन्त्रालयले प्रतिवेदन स्वीकृत गरेपछि विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.