• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन

  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बेनी । बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाभित्र गौरवका योजनाका रूपमा छनोट भएका सबै योजनालाई ठेक्कामार्फत कार्यान्वनय गर्न लागिएको छ । सातवटा योजनामध्ये चारवटा योजना ठेक्का सम्झौता भएर कार्यान्वनयको चरणमा रहेको र तीनवटा ठेक्का सम्झौताको चरणमा रहेको कार्यालयका असिस्टेन्ट सबइन्जिनियर चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । ठेक्का सम्झौता भएकामध्ये सिंगा तातोपानीको माथिल्लो बजार कालोपत्र गर्ने योजनाको काम अघि बढेको छ ।

    रु ३२ लाख ९० हजार बजेट विनियोजन भएको यस योजना रु २५ लाख ६८ हजारमा श्रमजीवी निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । सम्झौताबमोजिम तातोपानी बजारभित्र ढलान र कालोपत्रको काम अघि बढेको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले जानकारी दिनुभयो । नगरपालिकाले सबैभन्दा धेरै प्राथमिकतामा राखेको बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकमा रु दुई करोड बजेट विनियोजन भएको छ । यसअघि नगरपालिका र प्रदेश सरकारमार्फत सडक ढलान र कालोपत्र गरी स्तरोन्नति गरिएको ठाउँबाट योजनालाई अघि बढाइने भएको छ ।

    श्रमजीवी निर्माण सेवासँग रु एक करोड ३४ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको यस योजनामा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरिने असिस्टेन्ट सबइन्जिनियर थापाले बताउनुभयो । पाँच मिटर फराकिलो बनाइने यस सडकमा नाली र पर्खालसमेत निर्माण हुनेछन् । नगरपालिकाले माहारानीथान–छाप–डाँडाखेत सडकलाई कालोपत्र र ढलान गरी स्तरोन्नति गर्न ठेक्का लगाएको छ ।

    रु ८३ लाख ५० हजार बजेट विनियोजन भएको यस सडकखण्डको करिब चार सय मिटर सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गर्न श्रमजीवी निर्माण सेवासँग रु ५९ लाख ५९ हजारमा ठेक्का सम्झौता भएको छ । नगरपालिकाले बेनीबाट वडा नं ५ पुलाचौरको वडा कार्यालयलाई जोड्ने गरी अघिल्ला वर्षहरूमा समेत कालोपत्र र ढलान गरी सडक स्तरोन्नति गर्न सुरु भएको योजनालाई यस वर्षसमेत निरन्तरता दिएको छ । अर्थुङ्गे–पुलाचौर–भूतपानी सडक स्तरोन्नतिका लागि रु ८० लाख बजेट विनियोजन भएकामा रु ५९ लाख ५२ हजारमा ठेक्का सम्झौता भएको छ ।

    बाँसबोट क्षेत्रबाट सडकलाई कालोपत्र, ढलान, नाली र पर्खाल निर्माणलगायतका काम गरेर सडक पक्की बनाइने नगरपालिकाले जनाएको छ । यी चारवटै सडक पूर्वाधारका योजनाको जिम्मा पाएको श्रमजीवी निर्माण सेवाले योजनाको सम्झौतालगत्तै कार्यक्षेत्रमा मेसिन, उपकरण र निर्माण सामग्रीको व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ । “तातोपानीमा सडक कालोपत्रको काम भइरहेको छ, अन्य ठाउँमा समेत काम सुरु हुँदैछ, निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्नेगरी जनशक्ति र मेसिन उपकरणको व्यवस्थापन गर्नेतर्फ प्रयासरत छु”, निर्माण व्यवसायी बानियाँले भन्नुभयो । तातोपानीको कालोपत्र योजना नगरपालिकाले मात्रै सञ्चालन गरेको हो ।

    पुलाचौर र मारानथान–छाप सडकमा गण्डकी प्रदेश सरकारको समपूरक अनुदान, बेनी–पात्लेखेत सडकमा सङ्घीय सरकारको समपूरक अनुदानको बजेटसँग नगरपालिकाले साझेदारी गरेको हो । नगरपालिकाले जामुनाखर्क माविमा बनाउन लागेको नमूना विद्यालय भवनका लागि रु एक करोड बजेट विनियोजन भएको छ भने उक्त योजनबाट चारकोठे भनव निर्माणका लागि ठेक्का सम्झौताको प्रक्रियामा छ । नगरपालिकाले यसै वर्ष दुई खानेपानी आयोजनालाई समेत गौरवको योजनाका रूपमा अघि बढाएको छ ।

    बेनी–२ खवरामा खानेपानी विस्तारका लागि रु ४० लाख र वडा नं ५ पुलाचौरको पुलाडाँडा पुरुण्डी खानेपानी योजनाका लागि रु ९० लाख बजेट विनियोजन भएको छ । यी दुवै योजना सम्झौताको चरणमा रहेको कार्यालयको पूर्वाधार विकास शाखाले जनाएको छ । योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन गरिने र योजनालाई प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । “नगरपालिकाबाट नियमित अनगुमन गछौँ, हरेक वडमा प्राविधिक जनशक्ति व्यवस्थापन गरेका छौँ, उपभोक्ता र निर्माण व्यवसायीमार्फत कार्यान्वयन हुने सबै योजनाको पटक–पटक अनुगमन गर्छौँ, योजनालाई गुणस्तरीय बनाउने कार्यमा हामी प्रयासरत छाँै”, उहाँले भन्नुभयो ।

    चालु आर्थिक वर्षमा खुलामञ्चको थप पूर्वाधार निर्माणमा नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ । बेनी नगरप्रमुख सुरत केसीले सदरमुकामबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने मूल सडकलाई स्तरीय बनाउने र अधुरा योजनालाई पूर्णता दिनेगरी छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको बताउनुभयो । उहाँले साना योजनालाई उपभोक्ता समिति र ठूला योजनालाई ठेक्कामार्फत कार्यान्वयन गर्ने नगरको नीतिअनुसार नै गौरवका योजनालाई ठेक्कामार्फत अघि बढाइएको छ । नगरपालिकाले रु १० लाखभन्दा माथिका योजनालाई नगरपालिकाबाट र अन्य योजनालाई वडाबाटै सम्झौता र कार्यान्वयन गर्ने जनाएको छ ।

    नगरपालिकाले पहिलो चौमासिकसम्म चालुतर्फ २४ दशमलव ०५ प्रतिशत र पँुजीगततर्फ ११ दशमलव ७६ प्रतिशत खर्च गरेको छ । पहिलो चौमासिकमा वडास्तरमा विभिन्न २४ योजनाको निर्माणकार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ९५ योजना सम्झौता भएर कार्यान्वयनको चरणमा छन् भने अझै एक सय १७ योजना सम्झौता हुन बाँकी रहेको छ । वडास्तरीय योजनाको सम्झौता र कार्यान्वयनको काम धमाधम अघि बढेको उहाँले बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.