• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्मल हेभनमा अन्तर विद्यालय एथ्लेटिक्स मिट सुरु, मन्त्री चित्रकारद्वारा उद्घाटन

  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिट सुरु भएको छ । ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ आज (शनिबार) बाट सुरु भएको नवौं संस्करणको एथ्लेटिक्स मिटको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गर्नुभयो । सो क्रममा मन्त्री चित्रकारले संस्थागत विद्यालयको रुपमा स्मल हेभनले देशको शैक्षिक क्षेत्रलाई उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

    संस्थागत विद्यालयको रुपमा शिक्षा क्षेत्रमा स्कुलले गरेको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो । उहाँले स्कुलले आयोजना गरेको एथ्लेटिक्स मिट खेलाडी उत्पादनमा कोशेढुङ्गा साबित हुने समेत बताउनुभयो । मन्त्री चित्रकारले स्कुलले गर्ने यस्ता क्रियाकलापले चितवनको पहिचानलाई सिङ्गो देशभर पुराउन मद्त मिल्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले शिक्षामा ठूलो लगानी गरे पनि अझै यथेष्ट नभएको उहाँको भनाइ थियो । सरकार र निजी क्षेत्रको लगानीमा देशको शैक्षिक क्षेत्रलाई माथि उठाउन पर्नेमा उहाँले जोड दिनुभयो ।

    प्याब्सन चितवनका अध्यक्ष किर्तीनिधी अर्यालले विद्यार्थीहरु किताबी ज्ञानमा मात्र नभई विभिन्न क्षेत्रमा अब्बल हुन आवश्यक रहेको बताउनुभयो । स्कुलले आयोजना गर्ने यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो रुची अनुसारको क्षेत्रमा अब्बल हुन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । यस्तै उहाँले सरकारले समेत गर्न नसकेको यस किसिमको कार्यक्रम निजी लगानीको एउटा विद्यालयले गरेको भन्दै प्रशंसा गर्नुभयो । यसले तिनै तहका सरकारलाई चुनौती दिएको उहाँको भनाइ थियो ।

    यस्तै उहाँले शारीरिक र वौद्धिक बिकासका लागि खेलकुद आवश्यक रहेको समेत बताउनुभयो । विद्यालयका प्राचार्य रामचन्द्र न्यौपानेले एथ्लेटिक्स मिट चितवनमा विद्यलाय स्तरमा हुने खेलकुद प्रतियोगिताकै नमूना भएको समेत दाबी गर्नुभयो । न्यौपानेले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताउनुभयो । किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले बिशेष जोड दिँदै आएको उहाँको भनाइ थियो । विद्यलायमा आयोजित एथ्लेटिक्स मिट त्यसैको एउटा नमूना भएको उहाँले दाबी गर्नुभयो ।

    कक्षा १२ सम्म पठन-पाठन हुँदै आएको स्मल हेभन देशकै एक नमूना विद्यलायको रुपमा स्थापित रहेको छ । पौष २ गतेसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका ३८ संस्थागत विद्यालय सहभागी छन् । सहभागी खेलाडीहरुले बिभिन्न १२ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ एक सय, दुई सय, चार सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछन् । यस्तै चार गुणा सय मिटर रिले, चार गुणाचार सय मिटर रिले, सट पुट, लङ्ग जम्प, ट्रिपल जम्प र टग अफ वार पनि हुनेछ ।

    यस्तै महिलातर्फ एक सय, दुई सय, चार सय, पाँच सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछ । यस्तै चार गुणा सय मिटर रिले, चार गुणा चार सय मिटर, सट पुट, लङ्ग जम्प, कबड्डी र बास्केटबल हुनेछ । यी खेलहरुमा महिला र पुरुष दुबैतर्फ १२/१२ स्वर्ण, १२/१२ रजत र १२/१२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । विद्यालयले हरेक दुई-दुई वर्षमा यस प्रतियोगिया आयोजना गर्दै आएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.