• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

राम्रो संविधान बनाउँदा बहुमत ल्याउन सक्ने अवस्था भएन : सभापति देउवा

  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताउनुभएको छ । नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई आज विदुरमा सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संविधान’ बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताउनुभयो ।

    “अहिलेको संविधानमा आदिवासी जनजाति, महिला तथा दलितलगायत पछिपरेका समुदायको प्रतिनिधित्व अनिवार्य गराई संविधान राम्रो बनायौँ । तर, कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था यो निर्वाचन प्रणालीबाट सकिन्न,” उहाँले भन्नुभयो, “निर्वाचनमा ठूलो दल भए पनि बहुमत नभएको कारण एक अर्को दलसँग मिलेर सरकार सञ्चालनमा सहभागी भएका छाँै ।” कांग्रेस सभापति देउवाले आफ्नो पाटीभित्र घात अन्तरघात कायम रहेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

    “कांग्रेसभित्र खुट्टा तानातानको प्रवृत्ति विगतदेखि अहिलेसम्म छ । घात गर्नेलाई कारबाही गरौँभन्दा दिँदैनन्,” उहाँले भन्नुभयो, “पार्टीलाई हराभर बनाएर ठूलोमात्र होइन, बहुमत प्राप्त दल बनाउन सबैको साथ हुनुपर्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति देउवाले कांग्रेस भित्रको गुटउपगुट हटाई पार्टी एकढिक्का भए अर्को चुनावमा बहुमत ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टी अहिले पनि बलियो अवस्थामा रहेको भन्दै आन्तरिक घात गर्नेबाट पार्टीलाई कमजोर बनाएको आरोप लगाउनुभयो ।

    “कांग्रेस अहिले पनि मजबुद छ । सङ्गठन चुस्त बनाएर लगे कसैले हराउन सक्दैन ।” वरिष्ठ नेता कोइरालाले भन्नुभयो, “आफ्नै छायासँग डर लाग्छ । आफ्नै साथीसँग सुरक्षित हुन चुनौती छ ।” उहाँले पार्टीलाई सुधार गरेर अघि बढाउनलाई पार्टी र पार्टीबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिबीच सहकार्य हुन आवश्यक रहेको सुझाव दिनुभयो । सम्मेलनमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी सञ्चालनमा व्यक्ति हाबी भएको आरोप लगाउनुभयो ।

    “पार्टीको जिम्मेवारीदेखि अर्को दलले नेतृत्व गरेको सरकारमा जान हुने कि नहुने, जाने हो भने कसलाई कुन जिम्मेवारीमा पठाउने भन्नेमा एक पक्षीय निर्णय भइरहेको छ,” केसीले भन्नुभयो, “सरकारमा सहभागी मन्त्रीहरुका काण्डहरुको समीक्षा हुनुपर्छ । पाटी सुधार्न सके देश सञ्चालनमा सुधार आउँछ ।” पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सरकारले प्रभावकारी र जनअपेक्षाअनुसार काम गर्दै आइरहेको दाबी गर्नुभयो । “राज्यको सीमित स्रोत र साधनमा जनताको असीमित आवश्यकता पूरा गर्दै आइरहेका छौँ,” अर्थमन्त्रीसमेत रहनुभएका प्रवक्ता महतले भन्नुभयो, “सरकारको राम्रो कामको प्रचार गरौँ, अनावश्यक टिप्पणी गरेर जनतालाई भ्रमित बनाउन दल भित्रैबाट भइरहेको कदम बन्द गर्नुपर्छ ।”

    कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले कांग्रेसको सहभागितामा केन्द्रदेखि प्रदेशसम्मको सरकार सञ्चालनमा जनहितका कामहरु प्रशस्त भएको दाबी गर्नुभयो । कार्यक्रममा कांग्रेस बागमती प्रदेस सभापति इन्द्र बानियाँ, नुवाकोटका पूर्वसभापतिहरु जगदीश्वरनरसिंह केसी, धुव्रप्रसाद अधिकारी लगायतले निर्वाचनमा गठबन्धन, सरकारमा सहभागीलगायत विषयमा पार्टीको तल्लो तहबाट जनमत लिएर मात्रै निर्णय गर्नुपर्ने सुझाव दिनुभयो ।

    आजदेखि सुरु भएको कांग्रेस नुवाकोटको सम्मेलन बन्दसत्रमा पेस भएका जिल्लाको राजनीतिक तथा साङ्गठानिक विषयमा छलफल गर्दै सम्पन्न हुने जिल्ला सभापति रमेशकुमार महतले जानकारी दिनुभयो । राज्य पुनःसंरचनापश्चात् कांग्रेसले यो पहिलोपटक जिल्ला सम्मेलन गर्न लागेको हो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.