• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भोजपुर । पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब रु तीन करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनाको काम आर्थिक वर्ष २०७७÷७८ बाट निर्माण थालिएको हो । योजना निर्माणको कामलाई यस वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताउनुभयो ।

    पर्यटकीय क्षेत्र गुफा पोखरी, सुके पोखरी र जोर पोखरीका स्थानीयलाई लक्षित गरेर आयोजना निर्माण भइरहेको कार्यालय प्रमुख सिंहको भनाइ छ । यो क्षेत्रमा पानीको अति नै समस्या रहेकाले कार्यालयले यसलाई प्राथमिकतामा राखेर काम अघि बढाएको उहाँको भनाइ छ । “यो योजनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाएका छौँ”, प्रमुख सिंहले भन्नुभयो, “पर्यटकीय क्षेत्र रहेकाले यहाँ पानीको अति नै समस्या रहेको छ । विगतमा सोचेअनुसारको प्रगति नदेखिए पनि अब भने योजना अन्तिम चरणमा पुगेको छ ।

    कामलाई यही वर्षमा सम्पन्न गराएर स्थानीयलाई पानी वितरण गर्ने लक्ष्य छ । हाल ८० प्रतिशत काम सम्पन्न भएको छ ।” आयोजनाको मुहानबाट सात सय मिटर मुख्य पाइपलाई विस्तार, विद्युत् जडान र मुख्य ट्याङ्की निर्माणलगायतको काम सकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश आर्चायले बताउनुभयो । तत्काललाई यहाँका पर्यटकीय क्षेत्रका करिब ६५ घरपरिवारले पानी उपभोग गर्न पाउने भए पनि यो आयोजनाबाट एक सय ५० बढी परिवारलाई पानी खुवाउने लक्ष्य रहेको अध्यक्ष आचार्यको भनाइ छ ।

    “गुफा पोखरी पर्यटकीय क्षेत्र हो”, अध्यक्ष आचार्यले भन्नुभयो, “यहाँ सिजनमा हजारौँ पर्यटकको आवागमन हुन्छ । पानीको समस्याको कारण यहाँ बस्ती विस्तार हुन सकेको थिएन । यो आयोजनाले यहाँको पर्यटनको विकासमा समेत टेवा पुग्नेछ । योजनालाई अवको एक महिनाभित्र सुचारु गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।” धेरै उचाइमा रहेको तथा भौगोलिकरुपमा धेरै कठिनाई रहेको अवस्थामा योजना सञ्चालनका लागि कार्यालयले खेलेको भूमिका प्रशंसायोग्य रहेको अध्यक्ष आचार्यको भनाइ छ ।

    विविध कारणले विगतमा निर्माणमा ढिलाइ भइरहेको अवस्थामा यो वर्ष भने कामले धेरै तीव्रता पाएको उहाँको भनाइ छ । चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनास्थल भौगोलिकरुपमा निकै दुर्गम मानिन्छ । विगतमा ओझेलमा परेको योजनाको कामले नयाँ कार्यालय प्रमुख आएपछि तीव्रता पाएको निर्माण उपभोक्ता समितिका सचिव सन्तोष लिम्बूले बताउनुभयो । पानीको हाहाकार रहेको अवस्थामा आयोजनाको कामले तीव्रता पाएपछि स्थानीयमा उत्साह थपिएको उहाँको भनाइ छ ।

    “यो योजना हाम्रो लागि अति नै महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “तर पनि विगतका वर्षहरु काम भने सोचेअनुसार अघि बढ्न सकेको थिएन । सबै पक्षको सक्रियता बढेसँगै अब भने पानी खाने अवस्था बनेको छ । यो योजनाले प्राथमिकता पाउनु यहाँका जनताको लागि सुखद् पक्ष हो । आयोजना निर्माणपछि घण्टौँ लगाएर डोको तथा ट्र्याक्टरमा पानी बाकेर खानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।”

    बस्तीभन्दा तल रहेको भदौरे मूललाई लिफ्ट गरेर करिब सात सय मिटरमाथि मेन्छ्याम फेदीमा पु¥याएर पानी वितरणको तयारी गरिएको हो । गुफा पोखरी पर्यटकीय क्षेत्र रहेकाले पानी विस्तारले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने स्थानीयको भनाइ छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.