• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सिमानामा काँडेतार लगाउने अभियानमा ‘काँडेतार’, पौष २१ मा चितवनमा च्यारिटी शो

  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । फाल्गुन २५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको राष्ट्रभावले ओतप्रोत चलचित्र ‘काँडेतार’ को चितवनमा च्यारिटी शो हुने भएको छ । चलचित्र निर्माण टिमले पौष २१ गते नारायणगढको ईन्द्रदेव चलचित्र मन्दिरमा च्यारिटी गर्न लागेको हो । चलचित्र युनिटले आज (शुक्रबार) नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरेर २१ गते शनिबार ३ बजे च्यारिटी गर्न लागिएको जानकारी दिएको हो ।

    जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, वौद्धिक व्यक्तित्व, पत्रकारलगायतलाई देखाउनका लागि च्यारिटी गर्न लागिएको चलचित्रका निर्माता, निर्देशक, लेखक तथा कलाकार नवल खड्काले जानकारी दिनुभयो । चलचित्रले सिमानाको गम्भीर बिषय बोकेकोले समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वर्गलाई च्यारिटी मार्फत चलचित्र देखाउन खोजिएको खड्काले बताउनुभयो ।

    यसबाट चलचित्रको माउथ पब्लिसिटीमा सहयोग पुग्ने अपेक्षा समेत रहेको उहाँको भनाइ थियो । च्यारिटीबाट खर्च कटाएर बचेको रकम सिमा रक्षाका क्रममा तथा सिमानामा घटेका घटनाबाट घाइते भएकाहरुको उपचारका लागि सहयोग गर्ने निर्माण पक्षको योजना छ । चलचित्र युनिट अहिले देशभर च्यारिटी गर्दै हिँडिरहेको छ । काठमाडौंलगायत केही ठूला सहरहरुमा यस अघि नै च्यारिटी शो गरिसकिएको खड्काले जानकारी दिनुभयो । चितवनपछि अन्य सहरहरुमा पनि च्यारिटी गरिने उहाँले बताउनुभयो ।

    सिमाना कांडेतार लगाउने अभियानमा ‘काँडेतार’

    माटो र मान्छे जोगाउन पर्छ भन्ने मूल कथा बोकेको चलचित्र ‘काँडेतार’ सिमानामा काँडेतार लगाउन पर्छ भन्ने अभियानसहित निर्माण भएको हो । खुला सीमाका कारण आपराधिक गतिविधि नियन्त्रण तथा नियमनका लागि सिमानामा काँडेतार लगाउन आवश्यक रहेको खड्काको भनाइ थियो । चलचित्रको माध्यमबाट सिमानामा काँडेतारको बहस र अभियान सुरु गर्ने प्रयास रहेको खड्काले बताउनुभयो । चलचित्र दशगजाको छाँयाकनको क्रममा सिमानामा देखिएको आपराधिक घटनाले नै ‘काँडेतार’ जन्माएको खडकाले जानकारी दिनुभयो ।

    देशको सिमाना निर्क्यौल तथा रक्षाको बिषय चलचित्रमा उठान गरिएको छ । । राष्ट्र र राष्ट्रियताको बिषयमा राज्य गम्भीर हुनुपर्छ भन्ने कथा पनि चलचित्रले बोकेको उहाँले बताउनुभयो । यस्तै सीमा रक्षाका लागि युवाहरु देशमै बस्नुपर्छ भन्ने सन्देश पनि चलचित्रले दिन खोजेको छ । चलचित्रमा नेपाली सिमानाको ईतिहास, अहिलेको समस्या र समाधानका बिषय रहेको खड्काको दाबी छ । उहाँले फाल्गुन २५ मा चलचित्रलाई एकल प्रदर्शन दिनुपर्ने बताउनुभयो ।

    सोही दिन अन्य करिब चार चलचित्र पनि आउने चर्चा रहेकोले राष्ट्रभाव बोकेको “काँडेतार’ लाई एकल प्रदर्शन मिति दिन आग्रह गर्नुभयो । चलचित्रका कलाकार प्रशान्त यादवले सिमानामा देख्दै आएको आपराधिक घटनाले ‘काँडेतार’ मा काम गर्न प्रेरित गरेको बताए । चलचित्रले सिमानाको वास्तविकता देखाउन खोजेको भन्दै सच्चा देशभक्तहरुले चलचित्र ‘काँडेतार’ हेर्नै पर्ने बताउनुभयो ।

    चलचित्रमा खड्का र यादवसँगै गौरव पहारी, सुर्बिना कार्की, रेविका गुरुङ, मुरलिधर, प्रेम सुब्बालगायतको पनि अभिनय रहेको छ । सत्याकला राई कार्यकारी निर्माता रहेको चलचित्र सौरभ लामाले खिचेँका हुन् । चलचित्रको टिजर र शिर्ष गीत सार्वजनिक भइसकेको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.