• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विद्युतीकरणको प्रतीक्षामा देवघाट गाउँका बासिन्दा

  •   शनिबार, पुष १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । तनहुँको देवघाट गाउँपालिका–१ का ६० वर्षीय ओमबहादुर गुरुङ लामो समयदेखि बिजुलीको उज्यालो आउने आशामा हुनुहुन्छ । लामो समयदेखि गाउँका डाँडापाखाबाट राति देखिने बजारमा बलेको बिजुली गाउँमा बल्ने भनेपछि खुशी हुनुभएका ओमबहादुर अहिलेसम्म पनि बिजुली गाउँमा आइनपुग्दा चिन्तामा हुनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “बिजुलीको उज्यालोमा बस्ने रहर रहरमै सीमित हुनेभयो, छोरा नातिका पालामा पनि आउने छाँटकाँट देखिँदैन, बल्ल खम्बा गाडिँदैछन्, कहिले आउँछ खै ? त्यहीमाथि काम पनि छिटो गरिएको देखिँदैन, अहिले बिजुलीको प्रयोग गरेर मात्रै धेरै काम गर्ने चलन आएको छ, तर हामी भने उज्यालोमा बस्ने रहरमै रहेका छौँ ।”

    उहाँले गाउँका घरमा सौर्य ऊर्जा जडान भएको तर घाम अस्ताएपछि समस्या रहेको बताउनुभयो । आजकाल मोबाइल चार्ज गर्नसम्म सजिलो भएको उहाँ बताउनुहुन्छ । त्यस्तै देवघाट–२ जरमका जमुना थापा भन्नुहुन्छ, “दसैँमा नै बत्ती आउँछ भनेको थियो, तार नै आइपुगेन र बत्ती बलेन, सोलारको बत्तीले घरको काममा सजिलो भएको छ, खम्बा ठडिएको छ, तार आइपुगेकै छैन, अझैसम्म पनि खै कहिले आउँछ ?”

    देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले हालसम्म पालिकाका सबै वडामा पूर्ण रुपमा विद्युतीकरण नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पालिकाका पाँच वडामा नै पूरै स्थानमा विद्युतीकरण भएको छैन, चालु वर्षमा नै पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ ।”

    ठेकेदारले खम्बा गाड्न खाल्डो खन्ने काम ढिलाइ गर्नाका साथै तार पनि आइनपुग्दा विद्युतीकरणमा अझ ढिलाइ भएको उहाँको भनाइ छ । देवघाटका पाँच वटै वडामा पूर्णरुपमा विद्युतीकरण नभएको अध्यक्ष थापाले जानकारी दिनुभयो । यहाँका अझै करिब पाँच सय घरधुरीमा विद्युत् नपुगेको उहाँले बताउनुभयो ।

    देवघाट विश्वमा परिचित भए पनि यहाँको विकासले भने गति लिन सकेको छैन । यहाँको विकासका लागि मोटरेवल पुल नहुँदा नै मुख्य समस्या बनेको अध्यक्ष थापाको गुनासो छ । उहाँले भन्नुभयो, “पालिकाको बजेटले ठूला योजनाका पूर्वाधार विकास गर्न सक्दैन, देशको नै समस्याका रुपमा लिएर विकास गर्न सक्नुपर्छ, तर त्यस्तो हुन सकेको छैन, यसतर्फ सङ्घीय र प्रदेश सरकारले पनि प्राथमिकता दिनुपर्छ ।”

    देवघाटको विकसित मानिएको ५ नं वडामा समेत पूर्ण रुपमा विद्युत् पुगेको छैन । त्यस्तै १, २, ३ र ४ नं वडामा विद्युतीकरण भएको छैन । यस पालिकामा विद्युतीकरणका लागि तार तान्ने तथा खम्बा गाड्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा नै यस पालिकामा पूर्ण रुपमा विद्युतीकरण गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।” देवघाटमा विद्युत् पुग्नासाथ तनहुँ जिल्ला नै पूर्ण रुपमा उज्यालो जिल्ला बन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य स्थानमा बिग्रने, खम्बामा समस्या आउनु सामान्य हुन्, तर देवघाटका पाँच वडामा विद्युतीकरण हुनासाथ तनहुँ पूर्ण रुपमा बिजुली पुगेको जिल्ला बन्छ ।”

    चालु आर्थिक वर्षको असार मसान्तसम्म पालिकाको ग्रामीण वडामा पूर्ण रुपमा बिजुली पुग्ने उहाँको भनाइ छ । उहाँका अनुसार हालसम्म तीन वितरण केन्द्रमार्फत तनहुँमा विद्युत् प्रवाह भइरहेको छ । दमौली वितरण केन्द्रमार्फत ३२ हजार एक सय ५२, डुम्रे वितरण केन्द्रबाट १३ हजार एक सय ६४ र आँबुखैरेनी वितरण केन्द्रबाट पाँच हजार छ सय ६४ गरी तनहुँका कूल ५० हजार नौ सय ८० ग्राहकले विद्युत् उपभोग गरिरहेका केन्द्र प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

    नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका सूचना अधिकारी डम्बरबहादुर श्रेष्ठका अनुसार दमौली वितरण केन्द्रका दुई चार सय ७४, डुम्रे वितरण केन्द्रका दुई हजार ६२ र आँबुखैरेनी वितरण केन्द्रका सात सय ६१ ग्राहकले बक्यौता तिर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी श्रेष्ठका अनुसार पाँच हजार दुई सय ९७ ग्राहकको रु दुई करोड ७० लाख ५८ हजार दुई ५२ विद्युत् महसुल बक्यौता रहेको छ । बक्यौता उठाउन ताकेता भइरहेको उहाँले बताउनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.