• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधी आर्मीका राजन रोकायालाई

  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । प्रथम गैँडाकोट हाफ म्याराथन २०८० को उपाधि त्रिभुवन आर्मी कल्बका राजन रोकायाले हात पार्नुभएको छ । उहाँले निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा ३ मिनेट ५ सेकेण्डमा पुरा गर्नुभएको थियो । विजयी भएसँगै उहाँले १ लाख पुरस्कार हात पार्नुभयो । त्यस्तै दोस्रो स्थान पनि त्रिभुवन आर्मी कल्बकै नरेन्द्र सिंह राउतले हात पार्नुभयो । उहाँले निर्धारित दुरी १ घण्टा ३ मिनेट ३० सेकेण्डमा पुरा गरी ५० हजार पुरस्कार हात पार्नुभयो । त्यस्तै तेस्रो स्थान धापाखेल काठमाडौँका अजित कुमार यादवले हात पार्नुभयो ।

    उहाँले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५२ सेकेण्डमा पुरा गर्नुभयो । विजयी भएसँगै उहाँले २५ हजार पुरस्कार हात पार्नुभयो । महिलातर्फ एपिएफका सिमा चौधरी प्रथम हुनुभयो । उहाँले सोही दुरी १ घण्टा २७ मिनेट १४ सेकेण्डमा पार गर्नुभएको थियो । उहाँलाई २५ हजार पुरस्कार प्रदान गरिएको थियो । क्रमशः टप टेन भित्र पर्ने धावकलाई प्रोत्साहन स्वरुप जनही ५ हजार, टप ५० जनालाई मेडल प्रदान गरिएको थियो । त्यस्तै ५ किलोमिटर विद्यार्थी मैत्री दौड प्रतियोगितामा पश्चिम नवलपरासीका प्रेमलाल कोहार प्रथम हुनुभयो ।

    उहाँले निर्धारित दुरी १५ मिनेट १९ सेकेण्डमा पुरा गर्नुभयो । विजयी भएसँगै उहाँले १० हजार पुरस्कार हात पार्नुभयो । तनहुँ रिसिङका अमृत विकले १५ मिनेट ३६ सेकेण्डमा पुरा गरी दोस्रो हुनुभयो । उहाँले ५ हजार पुरस्कार पाउनुभयो । काठमाडौँ चन्द्रागिरीका अनुज महत तेस्रो हुनुभयो । १५ मिनेट ५५ सेकेण्डमा दुरी पार गरी उहाँले ३ हजार पुरस्कार पाउनुभयो । यस प्रतियोगितामा ८ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।

    विजय फाउण्डेसन नेपालको आयोजनामा भएको प्रथम गैँडाकोट हाफ म्याराथन २०८० मा २१ किलोमिटरका लागि २८ महिला सहित २५० जनाले नाम टिपाएका थिए भने ५ किलोमिटरको विद्यार्थीतर्फ १८० जनाले नाम टिपाएको संयोजक आदर्श सिग्देलले जानकारी दिनुभयो । विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले ‘नेपाली पन, नेपाली मन र नेपाली धन’ सहित भन्ने नारा सहित स्थापित फाउण्डेशनले गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

    स्वास्थ्य र खेलकुदमा अब गैँडाकोट अघि बढेको बताउँदै हरेक वर्ष पौष १५ गतेका दिन प्रतियोगिता गरिने बताउनुभयो । गैँडाकोट नगरपालिका नगर प्रमुख मदनभक्त अधिकारीले खेलकुद स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको बताउँदै विजय परिवारको कामको प्रशंसा गर्नुभएको थियो । विशिष्ट अतिथि अन्तर्राष्ट्रिय म्याराथुन धावक वैकुण्ठ मानन्धरले मोफसलमा यस खालका कार्यक्रमको लागि विजय फाउण्डेशनसँगै विजय परिवारको कामले प्रभावित भएको बताउनुभयो । विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सामाजिक कार्यमा विजय परिवार निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा समेत यस खालका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

    भेट्रान धावक बुद्धविर लामाले आर्थिक रुपमा ठूला भार पर्ने भएपनि आयोजकको यसखालको प्रयासले धावकहरुमा उत्साह थपिने बताउनुभयो । गैँडाकोटका चोक–चोकमा गैँडाकोटबासीले घडा स्थापना गरी स्वागत गर्नुका साथै धावकलाई हौसला प्रदान गरेका थिए । ५० बढी चोकमा प्रहरी, ट्राफिक प्रहरी, स्वयम्सेवक खटाइएको थियो ।

    गैँडाकोट ५ विजय सामुदायिक शिक्षा सदनबाट सुरु भएको दौड गैँडाकोट ८ विजय विकास स्रोत केन्द्रलाई देब्रे पार्दै नन्दन वन, भानु चोक, गैँडाकोट ७ गैरी, जयश्री पुल, गैँडाकोट ९ थुम्सीबाट जयश्री फुड्सबाट गैँडाकोट ७ टेम्पो पार्कहुँदै पिसपार्क, गैँडाकोट ६ गैँडाचोक, गैँडाकोट ५ नारायणी नदी किनार, गैँडाकोट २ इलाका प्रहरी कार्यालयदेखी शिलान्यास चोक, गैँडाकोट १ विकास चोक, बैंकटेश मन्दिर, मौलाकाली फेदीबाट मिलनचोक हुँदै गैँडाकोट ४ कालिगण्डकी करिडोर, गैँडाकोट पम्पिङ, लखनचोक, गैँडाकोट ५ काँग्रेसचोक, गणेश मन्दिर, कालिकाचोक, जनक स्कूल हुँदै विजय सामुदायिक शिक्षा सदन पुगेको थियो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.