• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गुफाभित्रबाट देखिने झरना पर्यटकको आकर्षण

  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । जमिनको सतहबाट एकसय मिटर पानीका थोपाले स्नान गर्दै ओरालो झरेपछि गुफाभित्र फराकिलो स्थानमा प्राकृतिक शिलामा महादेवको आकृतिको दर्शन गर्न पाइन्छ । शिव भगवानलाई दाहिने पार्दै सानो प्वालबाट निहुरिएर एक सय मिटरको दुरीभित्र पुगेपछि त्यहाँ फराकिलो ठाउँ छ ।

    पत्रैपत्रा परेका चट्टानमा विभिन्न देवदेवीका आकृति देखिनुका साथै सिद्धार्थराजमार्गको प्राकृतिक पुलमुनीबाट उभिएर देखिने डेभिजफल (पातले छाँगो) सँगै तलाउको दृश्यले यहाँ आउने पर्यटकलाई आनन्दित बनाउने गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार २०५० साल पुसको अन्तिम साता रासस क्षेत्रीय कार्यालय पोखरासहितको टिम गुफामा प्रवेश गरेर प्रचारप्रसार गरेदेखिनै यसको धार्मिक एवम् पर्यटकीय महत्त्व बढेको हो ।

    “पुसको २७ गते राससका साथै नेपाल टेलिभिजनमा प्रसारण भएको थियो । साथै ‘पोखरामा पाँच सय वर्ष पुरानो गुफा फेला प¥यो’ भन्ने शीर्षकमा गोरखापत्रमा समाचार प्रकाशन भएको थियो । सुरुमा प्रवेश गर्ने टिमलाई लाइटको व्यवस्था मैले नै गरेको थिएँ”, अध्यक्ष बाँस्तोलाले भन्नुभयो, “फोहर र सिस्नो पन्छाएर सानो प्वालबाट भिरालो स्थान अध्यारोमा मैनबत्ती र इमर्जेन्सी लाइटको सहाराले गुफा प्रवेश गरेका थियौँ । अहिले ३० वर्ष पुगेछ ।” उहाँले पछिल्लोसमय रेलिङबारसहित सिँढि भएको बाटोको व्यवस्थाले पर्यटकलाई आवतजावतमा सहज हुनुका साथै सुरक्षामासमेत ध्यान दिइएको उहाँले बताउनुभयो ।

    गुफाभित्र अवस्थित शिवको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ दर्शणार्थी पटकपटक यहाँ आउने गरेका बाँस्तोलाको भनाइ थियो । गुफा व्यवस्थापन समितिका सचिव हरिप्रसाद लम्सालका अनुसार गुफा अवलोकनमा क्रमिक रुपमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका जनाउँदै विशेष गरी बिदाका दिनमा बढी भिड लाग्ने गरेको बताउनुभयो । उहाँका अनुसार प्रवेशका लागि विदेशी रु एक सय, नेपालीलाई रु ५० र विद्यार्थीलाई रु ३५ को टिकट व्यवस्था गरिएको छ ।

    “खोलामा पानीको बहाब बढेसँगै शिव मन्दिरसम्मका लागि मात्र टिकटको व्यवस्था गरेका छौँ”, लम्सालले भन्नुभयो, “सुरक्षाको कारण असारदेखि कात्तिकसम्म पातले छाँगो पुग्नलाई उक्त बाटो बन्द गर्दै आएका छौँ ।” उहाँका अनुसार आर्थिक वर्ष २०७९। ८० मा नेपाली पर्यटक दुई लाख ९३ हजार दुई सय ४९, विदेशी दुई लाख ७९ हजार पाँच सय ५० र नेपाली विद्यार्थी एक लाख २५ हजार एक सय ८६ ले गुफाको अवलोकन गर्दा रु चार करोड २८ लाख ५८ हजार चार सय ८० आम्दानी भएको थियो ।

    सचिव लम्सालले भन्नुभयो, “गुफाले कामधेनु गाईबाट रु चार लाख ६२ हजार आठ सय ६०, दान पात्रबाट रु २७ लाख ४६ हजार नौ, सहयोग रसिदबाट रु ५१ लख २७ हजार सात सय ५१, सटर क्बलबाट रु आठ लाख ६८ हजार ९५ अवलोकनकर्ताबाट अतिरिक्त आम्दानी गरेको थियो ।” चालु आवको मङ्सिर मसान्तसम्म ७२ हजार नेपाली, ७६ हजार ९३ विदेशी पर्यटकसहित कूल एक लाख ६८ हजार सात सय ४० ले टिकट काटेर अवलोकन गरेका गुप्तेश्वर महादेव गुफा व्यवस्थापन कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गुफा अवलोकनका लागि आधुनिक बारकोड स्क्यानर गेट राखिएको छ । पौडेलले भन्नुभयो, “टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण सङ्कलन गर्न सहज भएको छ । साथै सुरक्षाका दृष्टिकोणले पनि यो प्रविधि प्रभावकारी देखिएको छ ।”

    प्राकृतिक स्रोतको आम्दानी शिक्षामा लगानी

    प्राकृतिक स्रोतको आम्दानीबाट गुफाको संरक्षण एवम् सौदर्यकरणका साथै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र वेद विज्ञान पाठशाला सञ्चालन हुदैँ आएको छ । क्याम्पसमा विभिन्न विषयमा नौ सय २९ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ७३ प्रतिशत छात्रा रहेका छन् ।

    गुफाले खरिद गरेको छ रोपनी जग्गामा २४ कक्षाकोठा, होटल व्यवस्थापन प्रयोगात्मक कक्ष (हल) पाँच, आइटी ल्याब दुई, पुस्तकालय एक, सभाहल दुई, कार्यालय कक्ष ११, शौचालय १६ रहेका गुफा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष युवराज लामिछाने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भवन तिनतल्लाको छ ।

    क्याम्पसका लागि गुफाले हालसम्म रु २५ करोड भन्दा बढी लगानी गरेको जनाउँदै लामिछानेले आगामी आवमा पनि क्याम्पस सञ्चालनका लागि रु ७० लाख र वेद विज्ञान गुरुकुल सञ्चालनका लागि रु ३० लाख विनियोजन गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त गुरुकुलमा एक सय अध्ययनरत छन् । गुफाले पोखरा–१७ र आसपासका वडाका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि रु पाँच लाख छुट्याएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.