भरतपुर : विश्वमा COVID-19 (कोरोना भाईरस) माहामारीको रुपमा फैलिरहेको अवस्थामा धर्म सम्बन्धी गलत तथा भ्रामक प्रचार गरी अफवाह फैलाउने एक महिलालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला चितवन माडी न.पा.वडा नं.७ जगन्नाथपुरी बस्ने बर्ष ३८ की जानकी ढुङगाना रहेकी जिल्ला प्रहरी कार्यालय चितबनले जानकारी दिएको छ । उनले गाउँलेहरु लाई ऐशुमा विश्वास गरेमा कोरोना भाईरसले समेत छुन सक्दैन भनि अफवाह फैलाई हिडेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
त्यस्तै उनलाई स्थानिय मानिसहरुको उजुरीको आधारमा १४ गतेका दिन पक्राउ गरिएको छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।








