चितवन । लकडाउनको छैटौं दिन सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १७४ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
अत्यावश्यक कामबाहेक घरबाट सडकमा हिड्ने सवारीचालक, पैदल तथा साइकलयात्रीलाई नियन्त्रणमा लिइएको हो ।जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार पैदलयात्रीसहित २० मोटरसाइकल, ६ स्कुटर, १५ साइकल नियन्त्रणमा लिइएको हो ।
उनीहरूलाई होल्डमा राखेर सम्झाइ–बुझाई अबदेखि अटेर नगर्ने सर्तमा छाडिएको कोइरालाले जानकारी दिए ।








