चितवन । कोरोना भाइरस संक्रमणको आशंकामा शनिबार भरतपुरबाट स्वाब परीक्षणका लागि पठाइएको चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
भरतपुर कोरोना विशेष अस्पतालले शनिबार परीक्षणका लागि पठाएको चारै जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए ।आशिक पौडेल, सुशील चौधरी, ममाकान्त भट्टराई र पोषक चौधरीको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको प्रवत्ता अधिकारीले बताए । अधिकारीका अनुसार उनीहरू चारैजना विदेशबाट आएका हुन् । यस्तै कोरोना संक्रमणको आशंकामा आज (आइतबार) थप तीन जनाको स्वाब परीक्षण लागि टेकु पठाइएको अस्पातलले जनाएको छ ।
आज अस्पतालमा २४ जनाले सेवा लिएका छन् । ओपिडी सेवा लिएकामध्य कोरोना संक्रमणको आशंकामा तीन जनाको स्वाब परीक्षणका लागि टेकु पठाइएको हो । अन्य तीन जनालाई आसोलेसनमा भर्ना गरिएको छ । योसँगै आसोलेसनमामा भर्ना हुनेको संख्या ६ पुगेको छ । तीनजना यसअघि नै भर्ना भइसकेका थिए








