• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

चितवन राष्ट्रिय निकुञ्जभित्र चल्ने सवारी साधन अवैध

  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा समेत सफारीमा चल्ने सवारी साधन अवैध रूपमा स्वरूप परिवर्तन गरेर सञ्चालनमा ल्याइने गरिएको पाइएको छ । त्यसरी सञ्चालन भएको एउटा गाडीलाई ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही गरेको छ । प्रहरीले त्यस्तो कारबाही जङ्गलबाहिर आएका बेला गरेको हो । गत सोमबार भरतपुर विमानस्थलबाट पर्यटक लिएर सौराहा आउँदै गर्दा सौराहाको जङ्गल सफारी लजको ग १ य ६१० नम्बरको गाडी ट्राफिक प्रहरीको चेकिङमा कारबाहीमा परेको हो ।

    ब्लुबुकमा दुई यात्री मात्रै लेखिएको गाडीमा सिट सङ्ख्या थपेको पाइएपछि ट्राफिक प्रहरीले त्यो गाडीलाई सात हजार पाँच सय रुपियाँ जरिवाना गरेको छ ।  लज सञ्चालक सुमन घिमिरेले सवारी पर्मिट, सवारी कर, सवारी चालकपत्र चुस्त दुरुस्त रहँदा रहँदै पनि सिट कायम नभएको भन्दै प्रहरीले कारबाही गरेको बताए । प्रहरी निरीक्षक सुरेश सुवेदीलाई सफारीमा प्रयोग हुने गाडीबारे बेलिबिस्तार लाउँदा पनि कारबाही गरिएको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्षसमेत रहेका घिमिरेले गुनासो गरे ।

    उनका अनुसार सौराहामा मात्र एक सयभन्दा बढी त्यस्ता गाडी सफारीका लागि प्रयोगमा छन् । निकुञ्जभित्र मात्र कम्तीमा ५० वटा गाडी दैनिक दौडिरहेका हुन्छन् । गाडी सञ्चालकहरूका अनुसार सफारीका लागि भनेर छुट्टै गाडी बनेका हुँदैनन् । त्यसैले सफारीमा चल्ने गाडीको सिट कायम गर्दिए सरकारलाई तिर्नुपर्ने कर पनि तिर्न तयार रहेको उनीहरू बताउँछन् । सवारी तथा यातायात व्यवस्था ऐन अनुसार सवारीको रङ, सिट सङ्ख्या पार्टपुर्जा र इन्जिनमा कुनै परिवर्तन गर्न पाइँदैन ।

    त्यस्तो गरेमा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिई यातायात कार्यालयमा बुझाउनु पर्छ । कार्यालयले यस्ता सवारी साधनका धनीबाट सात हजार रुपियाँ जरिवाना गर्ने र परिवर्तन गरिएको स्वरूप र सिट सङ्ख्यालाई ब्लुबुक अनुसार नै कायम गर्नुपर्ने व्यवस्था कानुनमा छ ।  चितवनमा जङ्गल सफारीका गाडी प्रायः दुईसिटे हुन् तर स्वरूप नै परिवर्तन गरी सिट सङ्ख्या बढाई १२ देखि १५ सम्म राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले कानुनविपरीत काम कसैले पनि गर्न नहुने बताए ।

    यातायात व्यवस्था कार्यालय चितवनका अधिकृत गोविन्द पौडेलले चितवनमा पर्यटक बोक्न प्रयोगमा ल्याइएका सवारी साधनमा देखिएका समस्या जुन कार्यालयमा दर्ता छ, त्यो कार्यालयले मात्रै समाधान गर्न सक्ने बताए । “ब्लुबुक अनुसार स्वरूप परिवर्तन गर्नुपर्ने वा सिट सङ्ख्या थप्न मिल्ने नमिल्ने भन्ने कुरा सवारी साधनको क्षमता हेरेर तत्काल प्राविधिकले निर्णय गर्ने कुरा हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.