• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीलाई रेकर्ड फाईल भेट्नै मुस्किल

  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको पहिलो काम हुन्छ फाईल तयार गर्ने । नाम दर्ता गरेसँगै बिरामीको फाईल बन्छ र बिरामीलाई परिचयपत्र दिईन्छ । बिरामीका हरेक परीक्षणहरु त्यो फाईलमा थपिंदै जान्छन् । फाईलमा भएको इतिहास (हिस्ट्रि) हेरेर चिकित्सकले पटकैपिच्छे थप उपचारका लागि प्रक्रिया अघि बढाउँछन् । यो फाईल बिरामीले लैजान पाउँदैन । अस्पतालमै रहन्छ । अर्काे पटक आउँदा पहिला दर्ता गरेको परिचयपत्र हेरेर खोजिन्छ ।

    यही फाईल अस्पतालबाटै गायब हुन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपी यहाँ आउने बिरामीको सबैभन्दा ठूलो समस्या फाईल हराउने हो । क्यान्सरका बिरामी एक पटक आएर उपचार सम्भव छैन । पटकपटक अस्पताल आउने ती बिरामीको फाईल हराएपछि उपचार नै प्रभावित हुन्छ । आउने बिरामीलाई विभिन्न वहानामा दुःख दिएर निजी अस्पताल पठाउने खेल पनि योसँग जोडिने गरेको पीडितहरुको गुनासो छ । अस्पतालमा उपचारका लागि सासु लिएर आउनु भएकी सर्लाहीकी मञ्जु पौडेल अघिल्लो पटक उपचारका पछि छोडिएको फाइल खोज्दै अस्पताल भौतारिदैं हुनुहुन्थ्यो । उहाँले भन्नुभयो “एक महिना अघि उपचार गरेर फाइल यही छोडेर गईयो, अहिले भेट्नै सकिदैंन ।”

    “रेकड शाखामा गयो चिकित्सकको कार्यकक्षमा पुगेको छ भन्छन् यहाँ आयो उतै होला भन्छन्’ उहाँले दुखेसो पोख्नुभयो । ७३ वर्षिया सासु राधिका कुरमारी सापकोटाको उपचारका लागि अस्पताल आईरहनु पर्ने र यहाँ फाईल नभेटिने समस्या सधै हुने गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “बिहान ५ बजे टोकन लिएर ७ वजे टिकट काटेर बिरामी लिएर आउँदा फाईल हराउँछ । कस्तो गैर जिम्मेवारपन हो यो ।” अस्पतालले बिरामीको रेकड फाईल अस्पतालमानै सुरक्षित छोड्न भन्ने गरेको भन्दै उहाँले अब फाइल नभेटिए केको आधारमा उपचार सुरु गर्ने ? भन्दै गुनासो गर्नुभयो ।

    पाठेघरको क्यान्सर भएर उपचारका लागि ल्याएको बताउँदै उहाँले यस्तो लापरवाहीले जनताले सास्ति पाउने गरेको बताउनुभयो । उहाँ मात्रै होईन कपिलबस्तुबाट उपचारका लागि आउनु भएकी ५८ वर्षिया सानीमाया कुँवर आफुले फाईल हराएपछि फोटोकपि गरेर राखेको कागजले उपचार गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “यस अघि आउँदा मेरो फाइल हरायो । मैले फोटोकपी गरेर राखेको थिएँ, त्यसैको आधारमा उपचार गराई रहेकी छु ।” लामो समयदेखि पाठेघरको क्यान्सरको उपचार गराउन आउनु भएकी उहाँ फाइल हराउने र समयमा उपचार नपाउने यस अस्पतालको बिशेषता नै रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो “उपचारका लागि टाढाबाट आउनु पर्छ । यहाँ आउँदा कहिले के भन्छन् कहिले के । हामीले निकै सास्ति पाउने गरेका छौं ।” अस्पतालका कर्मचारीहरुको रुखो बोलीका कारण झनै समस्या बन्ने गरेको उहाँले सुनाउनुभयो । अस्पतलामा उपचार राम्रो भए पनि केमु लगाउनु पर्ने बिरामीले पालो कुर्नुपर्ने, केमु अस्पतालमा नपाएर बाहिरबाट किन्नु पर्ने जस्ता समस्या हुने गरेको उहाँले गुनासो गर्नुभयो । सक्कल रिपोट कार्ड हराउँदा उपचारमा समस्या हुने गरेको उहाँले बताउनुभयो । तनहुँबाट उपचारका लागि अस्पताल आउनु भएकी जमुना न्यौपाने अस्पतालका कर्मचारीको व्यवहारका कारण बिरामीले दुःख पाउने गरेको बताउनुभयो ।

    उपचारका लागि आए ५ देखि ७ दिनसम्म रोकिनु पर्ने उहाँको गुनासो छ । पाँच वर्षदेखि जिव्राको क्यान्सरको उपचार गराउँदै आउनु भएकी उहाँ अस्पतालमा छोडिएको फाइल हराउनु, समयमा उपचार नपाउनु जस्ता समस्याले सास्ती व्यहोर्नु परेको बताउनुहुन्छ । अस्पतालका उपनिर्देशक डा.उमेश नेपाल बिरामीको फाईल हराउने गुनासो आएको स्वीकार्नुहुन्छ । विभागमा डाक्टरहरुकोमा गएको कतिपय फाईल कर्मचारीले रेकर्ड शाखामा नबुझाउँदा समस्या हुने गरेको भन्दै उहाँले पूरै हराउने भन्ने नहुने दावी गर्नुभयो ।

    उहाँले आन्तरिक फाईल राख्ने प्रणालीलाई चुस्त बनाउनु पर्ने अवस्था रहेको बताउनुभयो । यसलाई सुधार्ने उहाँको भनाई छ । अस्पतालमा नेपालभरिका, भारत र बंगलादेशबाट समेत क्यान्सरका बिरामी उपचारका लागि आउने गर्दछन् । एशियाको नमूना अस्पतालको रुपमा बनाईएको यस अस्पतालमा पछिल्ला वर्षहरुमा प्रशासनिक प्रणालीमा कमजोरी हुँदै जाँदा बिरामीले समयमा उपचार नपाउने, निजी अस्पताल र क्लिनिकमा जान बाध्य पार्ने जस्ता समस्या भोग्नु परेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.