• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘बारपाक सुलिकोटमा बालबालिकामा रक्तअल्पताको समस्या’

  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पालिकाभित्र अध्ययनरत १० वर्षभन्दा माथि १२ कक्षासम्मका बालबालिकामा ‘हेमोग्लोबिन’ परीक्षण गर्दा धेरै बालबालिकामा रक्तअल्पताको समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कृष्ण भट्टले राससलाई जानकारी दिनुभयो । रक्तअल्पता देखिएकामध्ये केही बालबालिकामा कडाखालको रक्तअल्पता देखिएको उहाँले बताउनुभयो ।

    ‘‘रगत जाँच गरिएकामध्ये करिब २८ दशमलव ४८ प्रतिशतभन्दा बढी बालबालिकामा रक्तअल्पता देखिएको छ”, उहाँले भन्नुभयो, “ परीक्षण गरिएका १४ जना बालिका र दुईजना बालकमा कडा खालको रक्तअल्पता देखिएको छ । शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुँदा रगतमा हेमोग्लोबिनको मात्रा हुन्छ । ” उहाँका अनुसार जाँच गरिएकामध्ये पाँच सय २५ बालबालिकामा हेमोग्लोबिनको मात्रा १० देखि १२ जी/डीएल रहेको पाइएको छ भने १८ जनामा हेमोग्लोबिनको मात्रा नौ जी÷डीएलभन्दा कम रहेको पाइएको छ ।

    हेमोग्लोबिनको मात्रा पुरुषमा १३ दशमलव पाँच जी÷डीएल र महिलामा १२ जी/डीएलभन्दा कम भएमा त्यसलाई रक्तअल्पता भएको मानिन्छ । हेमोग्लोबिनको मात्रा नौ जी÷डीएलभन्दा कम भएमा कडा खालको रक्तअल्पता भएको मानिन्छ । “हेमोग्लोबिन कमीले शरीरमा रगतको मात्रा घट्ने र दैनिक कामकाज गर्नका लागि बाधा पुग्न सक्छ”, स्वास्थ्य शाखा अधिकृत भट्टले भन्नुभयो, “हमोग्लाबिनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा अक्सिजनयुक्त रगत पुर्याउने क्षमतामा ह्रास आउने र शरीरलाई आवश्यक पर्ने अक्सिजनको कमी हुन गई श्वासप्रश्वासमा समस्या हुन सक्छ ।”

    गाउँपालिका स्वास्थ्य शाखाले स्थानीयस्तरमा रहेका ल्याबसँग समन्वय गरी मङ्सिर २८ बाट पुस ४ गतेसम्म पालिकाभित्रका सबै विद्यालयका बालबालिकाको हेमोग्लोबिन र रक्त सञ्चार ग्रुपको परीक्षण गरेको थियो । पोषणयुक्त खानेकुराभन्दा बाहिरबाट आयात गरिएका जङ्कफुडको प्रयोगका कारण धेरैजसो बालबालिकामा हेमोग्लोबिनको मात्रामा कमी देखिएको हुनसक्ने स्वास्थ्य शाखा अधिकृत भट्ट बताउनुहुन्छ । “गाउँपालिकाभित्र पोषण सुधार कार्यक्रम सञ्चालन भए, तर पोषण सुधारका लागि उत्पादन गरिएका खाद्यवस्तु बेचेर चाउचाउ खाने बानीको विकास भयो, कोदोलाई तिस्कार गर्ने, चामलको भात धेरै खाने संस्कार बसेको छ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनको प्रयोगभन्दा बाहिरबाट ल्याइएको जङ्कफुड प्रयोगले समस्या निम्त्याउँदै गएको छ ।”

    कार्यक्रमबाट प्राप्त रिर्पोटका आधारमा आगामी दिनमा कार्यक्रम बनाउन सकियो भने पालिकाभित्रको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उहाँ बताउनुहुन्छ । “यो कार्यक्रम गाउँपालिकाको एउटा सर्भे पनि हो”, उहाँले भन्नुभयो, “सर्भे गर्दा धेरै बालबालिकामा रक्तअल्पता देखिनु बालबालिकामा पोषणको अवस्था कमजोर भन्ने पत्ता लगाउनु हो, अहिले प्राप्त भएको तथ्याङ्कले आगामी दिनमा योजना बनाएर समस्या समाधान गर्न सजिलो हुन्छ ।” हेमोग्लोविनको मात्रा सुधारका लागि मुख्यरूपमा मानिस व्यक्तिगत खानपानमा सुधार गर्नुपर्ने स्वास्थ्य अधिकृत भट्टले बताउनुभयो । कोहीकसैमा परजीवी जुकाका कारणले पनि रक्तअल्पता हुनसक्ने उहाँको भनाइ छ ।

    गाउँपालिकाले हरेक बर्षको मङ्सिर र जेठमा छ–छ महिनाको फरकमा बालबालिकालाई नियमितरूपमा जुकाको औषधि खुवाउने गरेको छ । ‘‘विकासका कुरा जति गरे पनि हाम्रा बालबालिका स्वस्थ्य भएनन् भने हामी सफल हुन सक्दैनौँ”, उहाँले भन्नुभयो, “बालबालिका भनेका भोलिका कर्णधार हुन्, हामीले बालबालिकाको बृत्तिविकासमा ध्यान दिनैपर्छ ।” पालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या धेरै देखिएपछि स्वास्थ्य शाखाले अबदेखि किशोरीका लागि सञ्चालन गर्दै आएको आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रममा स्वास्थ्यकर्मी नै परिचालन गर्ने जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.