• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर मेयर कप क्रिकेटमा एक्सपर्ट चितवनको प्रायोजन

  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको ‘मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को मुख्य प्रायोजन एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले गर्ने भएको छ । आगामी माघ २६ गतेबाट भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा एक्सपर्टले गर्ने मुख्य प्रायोजनसम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ ।

    एक्सपर्ट एजुकेसन र भरतपुर महानगरपालिकाबीच भएको उक्त समझदारी पत्रमा एक्सपर्टका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र भरतपुर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गरेका छन् । सहआयोजक चितवन जिल्ला क्रिकेट संघ रहेको प्रतियोगितामा सहभागी हुने चितवनका १० वटा सामुदायिक विद्यालयलाई एक्सपर्टले आठ लाख साठी हजार बराबरका खेलकुद सामग्री प्रदान गर्न लागेको हो ।

    २० वटा विद्यालय सहभागी हुने यो प्रतियोगितामा एक्सपर्टले १६० खेलाडीलाई जर्सी, १० वटा टिमलाई न्यूनतम खेलकुद सामग्री (किट), विजेता एक टिमलाई ६० हजार र उपविजेता एक टिमलाई ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गर्न लागेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । “ती सामग्री महानगरको रोहबरमा एक्सपर्टले सम्बन्धित विद्यालयको क्रिकेट टिमलाई हस्तान्तरण गर्ने छ”, अधिकारीले भने– “खेलकुदको विकास विद्यालयस्तरबाटै होस् भनेर यो प्रायोजनमा सहभागी भएका हौँ ।”

    समझदारी पत्रमा हस्ताक्षरपछि भरतपुर महानगरपालिका मेयर रेनु दाहालले महानगरको आधिकारिक खेलकुद प्रतियोगितामा निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो सहयोग आएको भन्दै हर्ष व्यक्त गरिन् । “यसले खेल विकासमा सकारात्मक प्रभाव पार्ने छ”, उनले भनिन्– “संस्थागत सामाजिक उत्तरदायित्वको यो राम्रो उदाहरण बन्ने छ ।” चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले निजी सरकारी र निजी क्षेत्रको सहकार्य भए मात्रै खेलकुद गतिविधि बढ्ने बताए । यो सहकार्यले चितवनको क्रिकेटलाई माथि उठाउन ठूलो भूमिका निर्वाह गर्ने उनले बताए ।

    “निर्माणाधीन रंगशालामा यो प्रतियोगिता गरिँदै छ”, उनले भने– “निजी क्षेत्रले यसरी खुलेर सहयोग गर्ने हो भने प्रतियोगिता बढ्ने छन्, त्यसले खेल विकासमा राम्रो माहोल सिर्जना गर्ने छ ।” महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले विद्यालय खेलकुद विकासमा यो समझदारी कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रही २० देशमा ६० भन्दा बढी शाखामार्फत सेवा दिइरहेको एक्सपर्टले अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि भरपर्दो, आधिकारिक र विश्वसनीय परामर्श सेवा दिँदै आएको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि धेरै सामाजिक काम गर्दै आएको एक्सपर्टले आगामी दिनमा पनि यसलाई जारी राख्ने प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.