• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महानगरका ‘बर्थिङ सेन्टर’बाट एक सय २६ जनाले लिए सेवा

  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर महानगरपालिकाभित्रका ‘बर्थिङ सेन्टर’बाट यो आर्थिक वर्षमा एक सय २६ जनाले प्रसूति सेवा लिएका छन । महानगरका पाँच स्वास्थ्य संस्थामा रहेका बर्थिङ सेन्टरबाट पुस मसान्तसम्म एक सय २६ जनाले सेवा लिएका हुन् ।

    मेघौली स्वास्थ्य चौकीबाट ४५, जगतपुर स्वास्थ्य चौकीबाट २३, गुन्जनगर स्वास्थ्य चौकीबाट ३४, शारदानगर स्वास्थ्य चौकीबाट १६ र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट आठ जना महिलाले प्रसूति सेवा लिएका छन । गत वर्ष यी स्वास्थ्य संस्थाबाट दुई सय २४ जनाले प्रसूति सेवा लिएका थिए ।

    महानगरका सबै स्वास्थ्य संस्थामा सुत्केरी गराउन तालिमप्राप्त स्वास्थ्यकर्मी राखिएको महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले बताउनुभयो । स्वास्थ्य संस्थामा चौबीसै घण्टा सेवा उपलब्ध रहेको भन्दै उहाँले महानगरले प्रसूति सेवा लिन आउनेलाई एम्बुलेन्स खर्चको समेत व्यवस्था गरेको जानकारी दिनुभयो । “रु दुई हजारसम्म एम्बुलेन्स खर्च उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “जन्मदर्ता प्रमाणित गरेपछि वडाबाटै रकम प्राप्त गर्न सकिन्छ ।” यसबाहेक सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको आठपटक स्वास्थ्य संस्थामा गर्भजाँच गराएको आठ सय र सुत्केरी गराएबापतको रु दुई हजार पनि उपलब्ध गराउँदै आएको भट्टले बताउनुभयो ।

    सुत्केरी भएपछि पनि स्वास्थ्य संस्थाबाट तीन दिन, सात दिन र छ हप्तामा स्वास्थ्यकर्मीले घरमै पुगेर सेवा प्रदान गर्ने गरेका छन् । गुञ्जनगरबाहेक सबै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने महिलाका लागि निःशुल्क प्रयोगशालाको व्यवस्था गरिएको अधिकृत भट्टले राससलाई बताउनुभयो ।

    मेघौली स्वास्थ्य चौकीकी स्वास्थ्य स्वयम्सेविका बिष्णुमाया राना थापाले गरिब विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारबाट प्रसूति सेवा लिनका लागि आउने गरेको बताउनुभयो । पछिल्लो समय शल्यक्रिया गरेर प्रसूति हुने दर बढेका कारण पनि बर्थिङ सेन्टरबाट सेवा लिने घटेको बताउनुभयो ।

    सामान्य अवस्थामा भरतपुर अस्पताल जानु नपर्ने भन्दै स्थानीयस्तरबाटै सेवा लिन नागरिकलाई सचेत गराउनुपर्ने उहाँको भनाइ छ । मेघौली स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट प्रसूति सेवा लिनुभएकी भरतपुर–२८ की कमली कुमालले यहाँ राम्रो सेवा पाएको बताउनुभयो । उहाँले आफूले यहाँ नै नियमित गर्भजाँच गराएको भन्दै रातको समयमा पनि स्थानीय स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गरेपछि खुसी लागेको बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.