• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

देश दर्शन गर्दै ब्रह्माण्डीय महायज्ञको मौलो

  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’को ३१ फिट अग्लो मौलोलाई देश दर्शन गराइएको छ । यसअन्तर्गत मौलोको आजको विश्रामस्थल चितवनको गजेन्द्रमोक्षदिव्य धाम, देवघाट त्रिवेणी हुनेछ । बागलुङको प्रसिद्ध पञ्चकोट धाममा आयोजित महायज्ञको प्रचारसँगै सो महायज्ञमा देशैभरिबाट निमन्त्रणा दिनका लागि मौलो र कलशसहितको राष्ट्रव्यापी यात्रा सुरु भएको हो । यही माघ ७ गते एकादशीका दिन पञ्चकोटबाट सुरु भएको सो मौलो र मुख्य कलशसहितको यात्रा विभिन्न जिल्लामा पुगेको छ । ती जिल्लाका स्थानीयले मौलोको पुजन गरी साथै महायज्ञको मुख्य कलशमार्फत शान्तिस्वस्तीसहित आह्वान गरेर महायज्ञमा सबैलाई आमन्त्रण गर्ने गरिएको छ ।

    पञ्चकोटमा आगामी फागुन ९ देखि २३ गतेसम्म मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्सङ्कल्प र आह्वानमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ मा धानले पुरिने ३१ फिट अग्लो मौलोलाई देश दर्शन गराउने गरी राष्ट्रव्यापी कलश र मौलोयात्रा अभियान थालिएको हो । उक्त मौलो यहाँबाट म्याग्दी, पोखरा, तनहुँ, काठमाडौँदेखि हेटौँडा हुँदै पूर्वी चितवनतर्फ लागेको छ । त्यसअघि मौलोलाई पशुपतिनाथको दर्शन पनि गराइएको थियो । पशुपतिनाथमा मौलोको स्वागत र विदाइमा विशेष अनुष्ठान पनि सम्पन्न भएको थियो ।

    आज चितवनको टाँडी, नारायणघाटदेखि गजेन्द्रमोक्षदिव्यधाम देवघाट पुग्ने कार्यक्रम रहेको छ । उक्त धान्याञ्चलको मौलो र कलशलाई धार्मिकस्थलसँगसमेत जोड्दै लगिएको छ । मौलोको स्वागतका लागि विभिन्न स्थानमा हिन्दू धर्मालम्बी ठाउँठाउँमा पुगेका छन् र मौलोको दर्शनका साथै कलशको जलको अभिषेक गरी त्यहाँबाट बिदाइ गर्ने गरेका छन् । मौलो र कलशयात्रा चितवनबाट बुटवल हुँदै माघ २० गते पञ्चकोट ल्याइने कार्यक्रम रहेको सर्वसिद्धीधाम पञ्चकोटका अध्यक्ष स्वामी दामोदर शास्त्रीले जानकारी दिनुभयो । त्यसपछि विशेष पुजन र अनुष्ठान गरी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको मुख्य मौलो र कलशका रुपमा प्राणप्रतिष्ठा गरिनेछ ।

    प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट धामका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा नेपालमै पहिलो पटक ब्रह्माण्डका सकल देवीदेवता तथा मठमन्दिर र तीर्थस्थलको आह्वान गरी सबैभन्दा ठूलो महायज्ञ गर्न लागिएको हो । सो महायज्ञमा राखिने यो मौलोलाई २१ हजार क्विन्टल धानले पुरिनेछ । स्वामी कमलनयानाचार्यले भन्नुभयो, “अनन्तश्री ब्रमाण्डीय महायज्ञमा मौलोको निकै ठूलो महत्व रहेको छ । त्यसैले उक्त ३१ फिट अग्लो मौलोको प्राणप्रतिष्ठा गरेर कलशसहित राष्ट्रव्यापी परिक्रमा पनि गराइएको छ ।

    पञ्चकोटको महत्व झल्काउँदै, ब्रमाण्डीय महायज्ञमा सहभागी भई जीवनमा सबैभन्दा महत्वको पुण्य कमाउन सबै नेपाली नागरिकलाई आमन्त्रण गर्दै महायज्ञको सन्देश देशव्यापी दिनका लागि यो यात्राको आयोजना गरिएको हो ।” उहाँले पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गरिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

    प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दूधर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गनका लागि ब्रमाण्डीय महायज्ञले सहयोग पु¥याउने स्वामी कमलनयनाचार्यको भनाइ छ । पञ्चकोटमा २०७१ सालमा शिलान्यास गरिएको विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिन महायज्ञले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

    पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्यले उक्त ब्रह्माण्डीय महायज्ञ वैदिक सनातन धर्मको विश्व इतिहासमै विशिष्ठ महत्व रहेको र यो विश्वकै नमुना महायज्ञ भएको पनि स्पष्ट गर्नुभयो । पञ्चकोटमा हालसम्म गण्डकी माताको मन्दिर, गरुणशिलालगायतका दर्जनौँ मन्दिरमा रु ५० करोडभन्दा बढी रकम खर्च भइसकेको छ । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणमात्रै रु ६० करोड खर्च लाग्ने डिपिआरमा उल्लेख गरिएको छ ।

    उक्त कलश विद्युतीय भ¥याङसहित १० तलाको हुनेछ । सो कलश विश्वमा जलसम्पदाको संरक्षण गर्नुपर्ने विशिष्ट सन्देश विश्वव्यापी दिनका लागि निर्माण गर्न लागिएको हो । महायज्ञमा सवा लाख नरिवल हवन हुनेछन् । ती हरेक नरिवलमा ५४ प्रकारका विभिन्न हवनीय पदार्थको मिश्रण गरी हवन गरिनेछ र यसमा सहभागितका लागि सबैलाई आह्वान पनि गरिएको छ । महायज्ञमा दैनिक १५ हजार भक्तजन पुग्ने विश्वास लिइएको छ ।

    पञ्चकोटमा नै भक्तजनको आवास, खाना, सुरक्षा र प्रसादलगायतको प्रबन्ध मिलाइएको सर्वसिद्धीधाम पञ्चकोटका अध्यक्ष स्वामी दामोदर शास्त्रीले जानकारी दिनुभयो । महायज्ञमा सङ्कलन भएको दानबाट कलशसँगै पञ्चकोटका अन्य भौतिक संरचनासमेत निर्माण हुनेछन् । महायज्ञका लागि ठाउँठाउँमा स्वागतद्वार तयार भइरहेको र पञ्चकोटमा अस्थायी संरचना धमाधम तयार भइरहेको बागलुङ नगरपाकिला–५ पञ्चकोटका वडाअध्यक्ष रुद्र केसीले जानकारी दिनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.