• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मैयाँँदेवी स्मृति महिला क्रिकेटको उपाधिका लागि गण्डकी र बागमती भिड्ने

  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी र बागमती प्रदेश भिड्ने भएका छन् । आज (बुधबार) सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै गण्डकी र बागमती फाइनल प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा लुम्बिनीविरुद्ध ७ विकेटको जित हात पार्दै गण्डकीले फाईनलमा स्थान सुरक्षित गरेको हो । १५ ओभरमा घटाईएको खेलमा लुम्बिनीले दिएको ८३ रनको लक्ष्य गण्डकीले ५ बल बाँकी हुँदा ३ विकेट गुमाएर भेट्टायो ।

    गण्डकीको जितमा ज्योत्सना मरासिनेले नटाआउट ३६ रन बनाईन् । ३६ बल खेलेकी ज्योत्सनाले ४ चौका र एक छक्का प्रहार गरिन् । सीमाना केसीले १९ रन बनाईन् । लुम्बिनीकी सुस्मिता भुसाल, सरु तिवारी र दीपा कुँँवरले समान एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै ८२ रन बनाएको थियो । लुम्बिनीकी कप्तान आश्मा पुलामी मगरले नटआउट ४२ रन बनाए पनि हार टार्न सकिनन् । ४५ बल खेलेकी आश्माले ४ चौका प्रहार गरिन् ।

    गणडकीकी कुसुम गोदारले २ तथा सीमाना केसीले एक विकेट लिए । आजै सम्पन्न दोस्रो रोमाञ्चक सेमिफाइनलमा सुदुरपश्चिम प्रदेशलाई हराउँदै बागमतीले गण्डकीसँँगको भेट पक्का गरेको छ । निकै रोमाञ्चक खेलमा बागमतीले सुदुरपश्चिमलाई १ रनले पाखा लगायो । बागमतीले दिएको ८४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले निर्धारित ओभरमा ८२ मात्र बनाउन सक्यो । सुदुरपश्चिमका लागि सारित्री धामीले ३४ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ३० रन बनाए पनि हार टार्न सकिनन् । कप्ताम स्नेहा महराले १५ रन जोडिन् ।

    बागमतीकी कृश्मा गुरुङले ३ विकेट लिईन् । त्यस अघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बागमती १९ ओभर ३ बलमा ८३ रनमा समेटिएको थियो । बागमतीकी कप्तान सोनी पाख्रिनले १५ तथा कृश्माले १३ रन बनाईन् । अन्य ब्याटरले दोहोरो अंंकको रन जोड्न सकेनन् । सुदुरपश्चिमकी करिश्मा थापाले ३ तथा अनु कडायत, जानकी थापा र गंंगा खड्काले २-२ विकेट लिए । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको उपाधि भिडन्त शुक्रबार हुनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.