• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ । भूकम्पका कारण क्षतिग्रस्त दरबार, मन्दिरलगायत परिसरका अन्य संरचना सबैको पुनःनिर्माण लगभग सकिएको मन्दिरका मूल पुरोहित एवं सूचना अधिकारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुुभयो ।

    दरबार क्षेत्रस्थित गोरखानाथ मन्दिर, श्रीविद्या मन्दिर, दमाइँपाटी वरपरका पशुपति मन्दिर, गुह्येश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्चीले नगरा बजाउने दमाइँपाटी आदि पुुनःनिर्माण भइसकेका छन् । बडादसैँमा पुरोहितलाई वरणी ‘निम्ता’ दिने पण्डितपाटी, गेटजस्ता केही काममात्रै बाँकी रहेको जानकारी दिँदै उहाँले ९९ प्रतिशत काम सम्पन्न भएको बताउनुुभयो । झण्डै पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रका सांस्कृतिक एवं ऐतिहासिक संरचना भूकम्पका कारण क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्त अवस्थामा समेत गोरखा दरबार क्षेत्र र गोरखकाली मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र पर्यटकको सङ्ख्या नघटेको बताउँदै मूल पुरोहित भट्टराईले गोरखकाली मन्दिरको दर्शन गरेमा मनोकाङ्काक्षा पूरा हुने विश्वासका कारण यसको महिमा र गरिमा चुलिएको बताउनुुभयो ।

    दैनिक पूजाआजा हुने मन्दिरमा विशेषतः बडादसैँ र चैतेदसैँमा भव्य पूजा गरिन्छ । नेपाल एकीकरणको गौरवशाली इतिहासको सुरुआत गोरखा दरबारबाटै भएका कारण पनि देशका विभिन्न स्थानबाट यसको अवलोकन गर्न पर्यटक आउने गरेका छन् । गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरुआत भएको ठाउँका रूपमा यसको पर्यटकीय आकर्षण बढेको भट्टराईको भनाइ छ । मन्दिर परिसरमा नै रहेका विसं १६१६ अघिका तोप तथा नगराले यहाँको ऐतिहासिकतालाई थप उजागर गरेका छन् ।

    पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यका साथ गोरखा दरबार र परिसरमा तत्कालीन समयमा सैनिकले लगाउने गरेका पोशाक र हातहतियारसहित सुरक्षाकर्मी खटाइएको छ । चिटिक्क कालो दौरा सुरुवालमा सजिएका सुरक्षाकर्मी, कम्मरमा खुकुरी, टाउकोमा चाँदतोडा, हातमा भरुवा बन्दुकसहित सजिएका सुरक्षाकर्मीलाई आउने पर्यटकसँग फोटो खिचाउन भ्याइनभ्याई हुन्छ । उक्त दरबारमा आफूसहित नौजना सुरक्षाकर्मी पालैपालो परम्परागत पोशाकमा खटिने गरेको सिपाही रामशरण ढकालले बताउनुुभयो ।

    “बिहानदेखि बेलुकासम्म ठूलै सङ्ख्यामा आउने पर्यटकले फोटो र हामीसँग सेल्फी खिचाएर जाने गरेका छन्”, उहाँले भन्नुुभयो, “यो पोशाक पृथ्वीनारायण शाहकालीन इतिहासको चिनारी हो ।” तत्कालीन समयको पोशाकसहितका सुरक्षाकर्मी राखेका कारण यहाँ आउने पर्यटकलाई नेपाल एकीकरणको इतिहासबारे जानकारी लिन र त्यसको केही मात्रामा भने पनि अनुभूति गर्न अझै सहज हुने विश्वास लिइएको छ । यहाँस्थित गोरखनाथ मन्दिरमा भक्तजनलाई ‘ताई रोट’ (घ्यूमा पकाइने एक प्रकारको रोटी) प्रसादस्वरुप वितरण गरिने गोरखनाथ मन्दिरमा बस्दै आउनुुभएका सन्त खिमनाथ योगीले जानकारी दिनुुभयो ।

    भक्तजनको उपस्थितिअनुसार दैनिक १५ मुरी चामलसम्मको रोट पकाएर प्रसादस्वरुप वितरण गर्ने गरिएको उहाँले बताउनुुभयो । परापूर्वकालमा शाह वंशका राजपरिवारले गुरु गोरखनाथलाई सवा लाख रोट चढाउने परम्परा रहिआएको थियो । गोरखाका तत्कालीन राजा राम शाहको पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो । करिब चार सय वर्ष पुरानो दरबार भूकम्पले क्षतिग्रस्त भएपछि जगदेखि नै पुनःनिर्माण गरिएको हो । पुरातात्विक महत्वको दरबारको इतिहास, गरिमा र महत्वलाई दृष्टिगत गरी यसको प्राचीन स्वरूप र आकर्षणलाई कायम राख्दै पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको हो ।

    मन्दिर र दरबारमा आएका पर्यटक तल बजारमा रहेको गोरखा दरबार सङ्ग्रहालय हेरेरमात्रै फर्कने गर्दछन् । सङ्ग्रहालय भवनको मुख्य प्रवेशद्वारमा सजाइएका सन् १७९२ मा निर्मित दुई तोपलाई हेर्दै भवनमा प्रवेश गर्ने पर्यटकले त्यहाँभित्र राखिएका गोरखाका शाह राजाहरूको परिचयात्मक कक्ष, जन्मकुण्डली कक्ष, हातहतियार कक्ष, पुष्पिका वाक्य कक्ष, धार्मिक तथा आर्थिक कक्ष आदिलाई एकएक गरेर नियाल्छन् । तत्कालीन गोरखा राज्यको क्षेत्रमा रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्व राख्ने सामग्रीको खोजी, सङ्कलन, संरक्षण र प्रदर्शन गरी ऐतिहासिकताको चिनारी गराउने उद्देश्यका साथ २०६५ जेठ १९ गते यो सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको हो ।

    सुन्दर बगैँचा, बालउद्यान तथा विश्रामस्थल भएको ६८ रोपनी क्षेत्रमा फैलिएको पार्कसहितको सङ्ग्रहालयमा गोरखाली राजाहरूको परिचयात्मक कक्ष, तैलचित्र कक्ष, जन्मकुण्डली तथा उपदेश कक्ष, हातहतियार तथा सैन्य कक्ष, ग्रन्थ कक्ष आदि रहेका छन् । त्यस्तै धार्मिक, समाजिक तथा आर्थिक कक्ष, कलात्मक भाँडावर्तन कक्ष, प्राचीन चैत्य कक्ष, बाजा कक्ष सङ्ग्रहालयमा रहेका छन् । सङ्ग्रहालयभित्र रहेका दरबारको चोक र दलान, पृथ्वी पार्क, जातजातिको झाँकी आदि यहाँका थप आकर्षण हुन् ।

    सङ्ग्रहालयमा आउने पर्यटकमध्ये विदेशीका लागि रु एक सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ५०, नेपाली सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १० प्रवेशशुल्क निर्धारण गरिएको कर्मचारी हरि कोइरालाले जानकारी दिनुुभयो । पछिल्ला समयमा विभिन्न सङ्घसंस्थाले ऐतिहासिक र धार्मिक महत्वको गोरखा दरबार क्षेत्रको अवलोकनलाई आफ्नो भ्रमण तालिकामा समावेश गर्ने गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडामा क्रियाशील नवीन टोल विकास संस्थाले यही माघको पहिलो हप्ता गोरखाको प्रवर्द्धनात्मक भ्रमण गरेको संस्थाका अध्यक्ष पुुष्पराज पौडेलले जानकारी दिनुुभयो ।

    नेपालको एकीकरणसँग जोडिएको गोरखा दरबार र सँगैका धार्मिक पर्यटकीय महत्वका स्थलको पर्यटकीय प्रवर्द्धनका लागि संस्थामा आबद्ध ६९ जनाको समूहले गोरखा दरबारसँगै सङ्ग्रहालय र लिगलिगकोटसम्मको भ्रमण गरेको उहाँले बताउनुुभयो । “ऐतिहासिक एवं धार्मिक महत्वका यस्ता स्थलहरूको संरक्षणसँगै प्रवर्द्धन गर्न सकेमा पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुर्याउँछ”, उहाँले भन्नुुभयो । रासस

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.