• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘अरुका लागि साइकलमा दूध बोक्ने शिवचरण डेरीका मालिक’

  •   शनिबार, माघ २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुर । दशकअघि साइकल गुडाउँदै अरुका लागि दूध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सपनामा पनि चिताउनुभएको थिएन । अरुको डेरीमा दूध बोकेर कामको अनुभव बटुल्दै गएका रानाले परिश्रमको केही कमाइ बचत गर्दै जानुभयो । बचत रकमले डेरी व्यवसाय सञ्चालन गर्न सक्षम बनेको उहाँको भनाइ थियो । “दुध बोक्ने काम गर्दा आउने केही रकम बचत गरेको थिएँ”, उहाँले भन्नुभयो, “केही रकम कर्जाका रुपमा लिएर डेरी व्यवसाय सञ्चालन गर्दै आएको छु ।”

    छ वर्षअघिदेखि रानाले रु ४५ लाख लगानी गरी डेरी सञ्चालन गर्नु भएको हो । गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले दुग्ध विकास संस्थानको धनगढी वितरण आयोजनालाई आपूर्ति गर्दै आउनुभएको छ । दूध सङ्कलनका लागि उहाँले संस्थानसँग सम्झौता गर्नुभएको छ । दूध बोक्नका लागि रानाले छ जना कामदार राख्नुभएको छ । “सबै जनाका लागि मोटरसाइकल खरिद गरेको छु । दैनिक एक हजार चार सय लिटर दूध मोटरसाइकलमा क्यान राखेर कामदारले गाउँगाउँ पुगेर सङ्कलन गर्दै आएका छन्”, रानाले भन्नुभयो ।

    दूध बढी सङ्कलन भएका बेला डेरीसम्म ल्याउनका लागि पिकअप भ्यानको प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । भ्यान आफ्नै स्वामित्वको हो । मोटरसाइकल, भ्यान लगायतका साधन दूध डेरीबाट आएको आम्दानीले खरिद गरेको रानाले जानकारी दिनुभयो । बेरोजगार हुँदा डेढ दशकअघि साइकलमा भारतबाट सामानको ज्याला लिएर झलारी बजारका व्यापारीलाई बिक्री गर्ने गरेको रानाले बताउनुभयो । “भारतबाट सामान ल्याउँदा हुने सास्ती बिर्सि नसक्नु थियो”, उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा भारतीय र नेपाली प्रहरीले भन्सार काटे÷नकाटेकोदेखि अन्य धेरै हैरानी दिन्थे । पछि त्यो काम छोडेर दूध बोक्ने काम थालेको थिएँ ।”

    आफन्तले दूध बोक्ने काम गर्न भनेपछि त्यही काम थालेको भन्दै पहिलो पटक चार लिटरबाट सुरु गरेको कामले अहिले व्यावसायी बनाएको रानाले बताउनुभयो । “विस्तारै दूध बढी सङ्कलन हुन थाल्यो । महिनामा रु २५ हजार जति कमाइ हुन थाल्यो”, उहाँले भन्नुभयो, “त्यसपछि मोटरसाइकल किनेँ, दूध डेरीमा आपूर्ति गर्न थालेँ ।” “दूध सङ्कनल गर्ने, भण्डारण गर्ने, अन्य क्षेत्रमा आपूर्ति गर्ने कुरा डेरी सञ्चालकबाटै सिकेँ” रानाले भन्नुभयो, “त्यसपछि केही रकम आफूसँगै थियो, केही कर्जा गरेर शान्ति दुग्ध सङ्कलन केन्द्र हुँदै डेरी खोलेँ ।”

    उहाँका अनुसार अहिले डेरीमा दैनिक एक हजार चार सय लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । महिनामा रु २७ लाख बराबरको दूधको कारोबार हुने गरेको रानाले जानकारी दिनुभयो । “सङ्कलन भएको दूधमध्ये आठ सय लिटर दूध संस्थानले खरिद गर्ने गरेको छ । अरु दूध गाउँमै खपत हुन्छ”, उहाँले भन्नुभयो । रानाले गाउँबाट दूध प्रतिलिटर रु ६६ मा खरिद गरी संस्थानलाई त्यतिकै मूल्यमा बिक्री गर्नुहुन्छ । संस्थानले ट्रान्सफर खर्च (टिएस) बापत प्रतिलिटर रानालाई रु तीनका दरले भुक्तानी गर्दछ ।

    स्थानीयलाई भने रानाले सङ्कलन भएको दूध प्रतिलिटर रु ७० मा बिक्री गर्नुहुन्छ । महिनामा खर्च कटाएर रानाको रु ५० हजार बढी आम्दानी हुने गरेको छ । कामदारलाई मासिक रुपमा ज्यालाबापत रु एक लाख २५ हजार खर्च हुने गरेको रानाको भनाइ थियो । दूधकै कारोबार गरेर रानाले गाउँमै पाँच कोठाको पक्की घर बनाउनुभएको छ । डेरीका लागि तीन वटा डि फ्रिज, एक हजार र पाँच सय लिटर क्षमताका गरी दुई चिलिमभ्याट मेसिन खरिद गगरेको उहाँले बताउनुभयो ।

    दूधबाट क्रिम निकाल्ने मिल्क सेप्रेटिङ मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ थियो । “पूरै परिवारको खर्च दूधको बारोबारबाट धानिएको छ”, रानाले भन्नुभयो, “अहिले छोराले व्यवसायमा सहयोग गर्न थालेपछि कमाइ बढ्दै गएको छ ।” दूधको व्यवसायबाट सन्तुष्ट भएको भन्दै उहाँले डेरीमा दूध सङ्कलन गरी बेच्ने काम मात्रै हुँदै आएकामा भविष्यमा डेरी प्रोडक्ट उत्पादन गरी बजार विस्तार गर्ने सोच रहेको बताउनुभयो ।

    “अरुका लागि साइकलमा दूध बोक्ने मैले डेरी सञ्चालन गरी प्रशस्त आम्दानी गर्छु भन्ने सोचेकै थिएन”, रानाले भन्नुभयो, “काम गर्दै गए सफलता आफैँ हात चुम्न आइपुग्यो । अहिले दूधको व्यवसायी भनेर नगरपालिका क्षेत्रमा सबैले चिन्छन्, सम्मान गर्छन् ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.