काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या एक लाख ६ सय ७६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ५९ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७३ हजार हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८० जना उपचारपछि डिस्चार्ज भएका छन् ।








